गृहले ९ सहसचिवको गऱ्यो सरूवा: पर्सासहित ६ जिल्लामा नयाँ सिडिओ खटायो


काठमाडौं। गृह मन्त्रालयले ९ सहसचिवको सरूवा गरेको छ। गृहले नयाँ भित्रिएका ५ सहसचिव व्यवस्थापन गर्दा ९ जनालाई सरूवा गरेको हो। गृहले पर्साको प्रमुख जिल्ला अधिकारी (सिडिओ)मा एकदेव अधिकारीलाई पठाएर पर्साका सिडिओ भोला पोखरेललाई गृह मन्त्रालय ल्याएको छ। त्यस्तै गीताकुमारी होमेगाईलाई रामेछापको सिडिओ, वीरेन्द्रकुमार मिश्र दैलेखको सिडिओ, विमलप्रसाद बराल महोत्तरीको सिडिओ, शिवप्रसाद रेग्मी प्युठानको सिडिओ र दिपक लामिछाने सिन्धुलीको सिडिओमा खटाइएका छन्। यी ५ सहसचिव भर्खरै सिडिओ हुन गृह मन्त्रालय आएका थिए।

सिन्धुपाल्चोकको सिडिओ शशिधर घिमिरे अध्यागमन विभागको महानिर्देशकमा सरूवा गरिएका छन्। अध्यागमनका महानिर्देशक रामचन्द्र तिवारी राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा सरूवा भएका हुन्। गृहले रिक्त भएका सिन्धुपाल्चोक र कञ्चनपुरमा भने नयाँ सिडिओ पठाएको छैन।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ