बुधबार झण्डै पाँच हजार जनामा कोरोना पुष्टि, १७ को मृत्यु


नेपालमा बुधबार थप चार हजार ८ सय ९७ जनामा कोरोना पुष्टि भएको छ ।

देशभर गरिएको १३ हजार ८७९ पिसिआर परिक्षणका क्रममा ४ हजार सात सय ७४ जना र ९५५ एन्टीजेन परिक्षणका क्रममा १२३ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

नेपालमा कोरोना संक्रमितको संख्या तीन लाख १२ हजार ६९९ पुगेको छ ।

थप १७ जनाको कोरोनाका कारण मृत्यु भएको छ भने नेपालमा हालसम्म तीन हजार दुई सय ११ जनाले कोरोनाका कारण ज्यान गएको छ ।

त्यस्तै थप ७७३ जना कोरोनामुक्त भएको मन्त्रालयले जनाएको छ भने हालसम्म नेपालमा दुई लाख ७९ हजार २७९ जनाले कोरोना जितेका छन् ।

हाल मुलुकमा ३० हजार २०९ जना संक्रिय संक्रमित आइशोलेशनमा र ५४ जना क्वारेन्टाइनमा छन् ।

नेपालमा २४ लाख ४५ हजा ९६८ वटा पिसिआर परिक्षण गरिएको छ ।

क्याटेगोरी : मेडिकल शिक्षा, समाचार
ट्याग : #कोरोना संक्रमण

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com