९० प्रतिशत अक्सिजन दिन्छ भनेको कन्सन्ट्रेटरले ४० प्रतिशत मात्रै दियो


काठमाडौं । कोरोना महामारीमा अक्सिजनको बिकल्पका रुपमा हेरिएको अक्सिजन कन्सन्ट्रेटरमा ठगी भएको आशंका गरिएको छ । अक्सिजन कन्सन्ट्रेटरको गुणस्तर कम भएपछि त्यस्तो आशंका गरिएको हो ।

राष्ट्रिय आविष्कार केन्द्रका प्रमुख महावीर पुनले अक्सिजन कन्सन्ट्रेटरको गुणस्तरमा प्रश्न उठाएका छन् । उनले सामाजिक सञ्जाल फेसबुक मार्फत अक्सिजन कन्सन्ट्रेटर किन्दा बेस्सरी सावधान अनुरोध गरेका छन् ।

यदी अक्सिजन कन्सन्ट्रेटरको गुणस्तर बारे परिक्षण गर्नु परेको खण्डमा राष्ट्रिय आविष्कार केन्द्रमा सम्पर्क राख्नुहोला । उनले भनेका छन्, एक जनाको अक्सिजन कन्सन्ट्रेटरलाई परिक्षण गर्दा निकै कम अक्सिजन पाइएको छ ।

प्रति मिनेट ५ लिटर फ्लो रेटमा ९० प्रतिशत अक्सिजन दिन्छ भनेर किनिएको अक्सिजन कन्सन्ट्रेटरबाट ४० प्रतिशत मात्र अक्सिजन आएको पाईयो पुनले भनेका छन् । उनले अक्सिजन कन्सन्ट्रेटर खरिद गर्दा राम्रोसँग बुझेर मात्रै किन्न पनि पुनले आग्रह गरेका छन् ।

तपाईंले किन्न लागेको अक्सिजन कन्सन्ट्रेटरले कति प्रतिशत अक्सिजन दिन्छ भन्ने कुरा जाँच्न चाहनु हुन्छ भने राष्ट्रिय आविष्कार केन्द्रमा ल्याउनु होला ।

क्याटेगोरी : मेडिकल शिक्षा, समाचार
ट्याग : ##oxygen

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com