चिकित्सकलाई सुविधा सम्पन्न क्वारेन्टीन, एम्बुलेन्स सेवा संचालन


काठामाडौं ।  नेपाल चिकित्सक संघले चिकित्सकको स्वास्थ्य सुरक्षाका लागि सुविधा सम्पन्न एक सय शैय्याको क्वारेन्टीनको व्यवस्था गरेको छ ।

कोरोना संक्रमण तिब्र रुपमा बढ्दै जाँदा चिकित्सक समेत समस्यामा परेपछि उनिहरुको व्यक्तिगत स्वास्थ्य सुरक्षाका लागी नेपाल चिकित्सक संघले अग्रवाल सेवा केन्द्र, हिन्दु सेवक संघ नेपाल, सेवा इन्टरनेशनल नेपाल तथा उपकार सेवा नेपालको संयुक्त आयोजनामा कमलपोखरी स्थित अग्रवाल भवनमा एक सय शैय्याको सुविधा सम्पन्न क्वारेन्टीन सेन्टरको निमार्ण गरेको हो ।

नेपाल चिकित्सक संघका महासचिव डा बद्री रिजालले हाल निर्माण गरिएको क्वारेन्टीन सेन्टरमा केही समय पछि आइसोलेसन सेन्टर समेत संचालन गरिने बताए ।

कोभिड–१९ को संक्रमणबाट नेपालको स्वास्थ्य सेवा प्रवाहमा अहोरात्र खटिएका चिकित्सकहरुको मनोबल उच्च पार्नुको सट्टा सरकार विश्वसामु लञ्जित हुने परिस्थितिको सिर्जना गरेको आरोप चिकित्सक संघले लगाएको छ ।

कोरोना परास्त गर्न चिकित्सकीय पेशा र धर्मलाई आत्मसाथ गर्दै युद्ध मैदानमा होमिएका चिकित्सकहरु समेत दिनानुदिन संक्रमित भई स्वास्थ्य सेवा प्रवाहबाट विमुख हुनु परेको संघको गुनासो छ । यसले समग्र चिकित्सकलाई भावविहल बनाएको छ महासचिव रिजालले विज्ञप्ती मार्फत भनेका छन् ।

क्वारेन्टीन सेन्टरको संचालन गर्न नेपाल चिकित्सक संघका केन्द्रिय सदस्य डा प्रमोद जोशीको संयोजकत्वमा संघका सदस्य डा रितेश थापा बरिष्ठ प्रशासकीय अधिकृत मिलनचन्द्र खनाल तोकिएको छ ।

त्यस्तै नेपाल चिकित्सक संघले एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ । भारतीय दुतावासबाट उपहारमा प्राप्त बाग्मती प्रदेश ०१ २५ च ३६३५ नम्बरको एम्बुलेन्स शनिवार देखि सञ्चालनमा आएको छ ।

चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्कीले एम्बुलेन्स सेवाको शनिवार शुभारम्भ गरे । चिकित्सक संघले हाललाई एम्बुलेन्स सेवा विहान ७ बजे देखि बेलुका ८ बजेसम्म सञ्चालन हुने जनाएको छ ।

कुनै पनि व्यक्तिलाई एम्बुलेन्स सेवा आवश्यक परेमा संघका प्रशासकीय सहायक प्रवेश लामिछानेको मोवाइल ९८४००१४३०७ वा सवारी चालक सुरज तामाङको मोवाइल नम्बर ९८४६२७१४१२ मा सम्पर्क गर्न सकिने छ ।

क्याटेगोरी : मेडिकल शिक्षा, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com