भेरीमा चिकित्सक कुटेकोमा गोदान र एनएमएद्वारा भर्त्सना


काठमाडौं।  भेरी अस्पतालमा स्वास्थ्यकर्मीमाथि हातपात गरेको विषयलाई लिएर नेपाल चिकित्स संघ ( एनएमए) र सरकारी चिकित्स संघ ( गोदान ) ले गम्भिर भत्सर्ना गरेको छ । दुबै संस्थाले स्वास्थ्यकर्मीमाथि हातपात गर्ने, गाली गलौज तथा ज्यान मार्ने प्रयास गर्ने, आइसियू तोडफोड गर्ने, उपचारमा बाधा अवरोध खडा गर्ने लगायतका अमानवीय हर्कतप्रति ध्यानाकर्षण भएको जनाएको छ ।
सरकारी चिकित्ससंघका अध्यक्ष रवीन खड्का र महासचिव किर्तिपाल सुवेदीले संयुक्त रुपमा जारी गरेको विज्ञप्तिमा स्वास्थ्यकर्मीमाथि हातपात गर्नेलाई कडा भन्दा कडा कारबाही गर्न सरकारसमक्ष माग राखेको छ ।
नेपाल चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्कीले चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हातपात गर्नेलाई ‘बिना धरौटी थुनामा’ राख्नु पर्ने विषयमा निरन्तर लबिइङ गर्दै आएका छन् । भेरीको घटनामा पनि सरकारले उक्त विषयलाई कडाइका साथ लागू गर्नुपर्नेमा जोड दिएका छन् । डा . कार्कीको एजेन्डालाई साथ दिंदै सरकारी चिकित्सक संघ, नेपालले पनि भेरीको केसमा ‘गैर जमानती हिरासत’को नियम तत्काल लागू गर्न भनेको छ ।
नेपाल चिकित्सक संघका अध्यक्ष डा. कार्कीले कोभिड-१९ को संक्रमणमा आफ्नो ज्यान जोखिममा राखेर उपचारमा खटिएका स्वास्थ्यकर्मीमाथि भएको हातपात कुनै हातलमा स्वीकार्य नसक्ने स्पष्ट पारे । स्वास्थ्यकर्मीमाथि हातपात गर्नेलाई तत्काल् कारबाहीको दायरामा नल्याए संघले जस्तोसुकै कदम चाल्न तयार रहेको उनको चेतावनी छ ।

क्याटेगोरी : मेडिकल शिक्षा, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com