८०० अक्सिजन कनसन्टेटर, ९५ भेन्टिलेटर, १२६ वाइप्याप, ७ सिप्याप मेसिन र ३७९५ अक्सिजन सिलिण्डर सहयोग प्राप्त
काठमाडौं । सरकारले कोरोना महामारीको दोस्रो छाल दाताकै भरमा पार लगाएको छ । कोभिड बिरामीका लागि चाहिने अत्यावश्यक उपकरण भेन्टिलेटर त्यसका लागि चाहिने वाइप्याप, सिप्याप मेसिन, अक्सिजन कन्सनटेटर र अक्सिजन सिलिण्डर दानदाताबाटै जुटाएर टार्ने देखिएको छ ।
स्वास्थ्य मन्त्रालय व्यवस्थापन महाशाखाका अनुसार दोस्रो छालमा बिभिन्न दाताबाट ८ सय पिस अक्सिजन कन्सन्टेटर, ९५ वटा भेन्टिलेटर, १२६ पिस वाइप्याप मेसिन र ७ पिस सिप्याप मेसिन सहयोग प्राप्त भएको छ । त्यस्तै ३ हजार सात सय ९५ पिस अक्सिजन सिलिण्डर उपलब्ध भएको छ ।

अघिल्लो वर्ष स्वास्थ्य उपकरण खरिदमा विवाद भएपछि स्वास्थ्यका अधिकारीहरुले यसपटक खरिद गर्न चासो देखाएका छैनन् । अघिल्लो वर्ष सरकारले २ सय ८ भेन्टिलेटर सहयोगमार्फत जुटाएको थियो । आफुले खरिद गर्न लागेको १० करोड मुल्यका २२ भेन्टिलेटर, ५० वटा मनिटर र २० वटा वाइप्याप मेसिन स्पेकमा विवाद भएपछि किन्न सकेन ।
कोरोना महामारी नियन्त्रण बाहिर गएपछि सरकारले अन्तराष्ट्रिय सहुदायसँग औपचारीक रुपमा सहयोग मागेको थियो । सरकारले अक्सिजन सिलिण्डर, भेन्टिलेटर र अक्सिजन कनसन्टेटरको आवश्यकता महशुस गरेको थियो । तर, आफुले किन्न भने चाहेन ।
स्वास्थ्य मन्त्रालयका अनुसार पहिलो छालमा टु दी फाउन्डेसनले ३०, निक साइमन फाउन्डेसनले २४, चौधरी फाउन्डेसनले ८, सानोपाइला संस्थाले ६, वान हार्टले २ , भारतले नेपाली सेनालाई १०, भारत सरकारले स्वास्थ्य मन्त्रालयलाई २८, अमेरिकाले १ सय गरी जम्मा २०८ वटा भेन्टिलेटर उपलब्ध भएको थियो । ती उपकरणहरु मन्त्रालयले बिभिन्न जिल्ला र केन्द्रका ठुला अस्पतालमा बितरण गरेको थियो ।
भेन्टिलेटर कसले कति दिए
| युनिलिभर नेपाल ५ |
| द किङडोम अफ कम्बोडिया २० |
| सेभ द चिलिरेन्ड ५ |
| चिन सरकार १० |
| स्वीजरल्याण्ड सरकार ४० |
| स्पेन सरकार १५ |
| जम्मा ९५ |
कहाँ कति वितरण भयो
| जिपी कोइराला अस्पताल २ |
| भतरपुर क्यान्सर अस्पताल १ |
| डडेल्धुरा जिल्ला अस्पताल १ |
| भरतपुर अस्पताल ४ |
| राष्ट्रिय ट्रमा सेन्टर ३ |
| नारायणी अस्पताल ५ |
| कान्तिबाल अस्पताल १ |
| वीर अस्पताल १ |
| राप्ती प्रादेशीक अस्पताल १ |
| भेरी अस्पताल १४ |
| राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान १ |
| सेती प्रादेशीक अस्पताल ४ |
| कोशी अस्पताल २ |
| वीपी विज्ञान प्रतिष्ठान 2 |
| प्रादेशीक अस्पताल जनकपुर २ |
| महाकाली अस्पताल ३ |
| पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान १ |
| कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान ३ |
| कर्णाली प्रादेशीक अस्पताल सुर्खेत २ |
| मेची अस्पताल १ |
| शुक्रराज ट्रपिकल अस्पताल ११ |
| नवलपरासी जिल्ला अस्पताल १ |
| सशस्त्र प्रहरी अस्पताल ४ |
| पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान १ |
| प्रदेश आपुर्ती कार्यालय बुटवल 2 |
| टिचिङ अस्पताल ५ |
| विरेन्द्र शैनिक अस्पताल २ |
| मनमोहन कार्डियो थोरासिक सेन्टर १ |
| धौलागिरी अस्पताल २ |
| धुलिखेल अस्पताल २ |
| पाटन अस्पताल ३ |
| लुम्बिनी प्रादेशीक अस्पताल २ |
| जम्मा ९० |
क्याटेगोरी : अन्तर्राष्ट्रिय, मेडिकल शिक्षा, समाचार


तपाईको प्रतिक्रिया दिनुहोस