सीसीएमसीका कारण स्वास्थ्यका महत्वपूर्ण महाशाखा खाली हुदै ! ७ अधिकारी पुर्णकालीन पठाउन परिपत्र


काठमाडौं । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) का कारण स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनस्वास्थ्यका क्षेत्रमा गरेका काम खेर जानेभएकमा छन् । कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश–२०७८ जारी भएको दुई हप्ता नपुग्दै स्वास्थ्य मन्त्रालय र बिभागका उच्च अधिकारीहरु तान्न थालेपछि स्वास्थ्य मन्त्रालय दबावमा परेको छ ।

कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पत्र पठाउँदै ७ अधिकारीहरु पठाउन अनुरोध गरेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार सरकारले स्वास्थ्य मन्त्रालय बन्द गराउने नियतले सीसीएमसी प्रयोग गरेर महत्वपूर्ण महाशाखाका अधिकारीलाई पूर्णकालीन सेवाका लागि भन्दै तान्ने भएको छ ।

स्वास्थ्य मन्त्रालय कर्मचारी प्रशासन शाखाका अनुसार संकट व्यवस्थापन केन्द्रले पूर्णकालीन रूपमा काम गर्ने गरी स्वास्थ्य मन्त्रालय अन्तराष्ट्रिय समन्वय महाशाखा (हाल कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पताल वीर अस्पताल) प्रमुख, स्वास्थ्य मन्त्रालय आपत्तकालीन कार्यसञ्चालन केन्द्र (एचईओसी) प्रमुख, स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (स्वास्थ्य मन्त्रालयका प्रवक्ता) प्रमुख, स्वास्थ्य शिक्षा सुचना केन्द्र प्रमुख, केन्द्रिय तथ्यांक संकलन (एचएमआईएस) प्रमुख, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका प्रतिनिधी र खरिद एकाईका प्रतिनिधी पद नै तोकेर मागेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

सीसीएमसीले मागेका कर्मचारी पठाउँने बिक्तिकै स्वास्थ्य मन्त्रालयको काम रोकिने छ । हाल एचईओसीमा प्रमुख डा. समिरकुमार अधिकारी, केन्द्रीय अस्पतालको प्रमुख डा. जागेश्वर गौतम, इडिसिडी प्रमुख डा. कृष्ण पौडेल छन् । उनिहरुलाई सीसीएमसीले पूर्णकालीन रुपमा काम गर्ने गरी पठाउन भनेको छ ।

यस्तै, पूर्णकालीन भनेर नलेखिएकामा राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र प्रमुख डा. राधिका थपलिया र एचएमआईएसमा अनिल थापा छन् । ‘पद नै तोकेर उच्च अधिकारी मागेपछि कसरी काम गर्ने भन्ने मात्रै हैन स्वास्थ्यको पूर्ण रुपमा हात बाधिएको छ अधिकारीहरुले भनेका छन् ।’

कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश–२०७८ जारी भएसँगै सरकारले बिस्तारै स्वास्थ्य मन्त्रालयको अधिकार सिंहदरबार केन्द्रित गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश–२०७८ जारी गरे लगत्तै सरकारले कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको कार्यकारी निर्देशक (सिईओ)मा नेपाली सेनाका पूर्वरथी बालानन्द शर्मालाई नियुक्त गरिसकेको छ ।

केन्द्रको स्थापना सँगै स्वास्थ्य मन्त्रालयमा अहिल कोरोना नियन्त्रण सम्बन्धी कुनै पनि छलफल भएका छैनन् । सरकारले वीर अस्पताललाई कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पतालका रुपमा बनाउने भएपछि डा जागेश्वर गौतमलाई त्यहा पठाइएको छ ।

स्वास्थ्य मन्त्रालयका पुर्व प्रमुख विशेषज्ञ डा सुशिलनाथ प्याकुरेल कोरोना महामारीको समयमा स्वास्थ्यलाई बलियो बनाएर अगाडी बढ्नु पर्ने बेलामा अधिकारी खोसेर कमजोर बनाउन लाग्नु अत्यन्तै गलत भएको बताउँछन् । निहित स्वार्थले गरिएको यो निर्णयले स्वास्थ्यमा दिर्घकालीन असर पर्ने निश्चित छ ।

स्वास्थ्य मन्त्रालयका अधिकारीहरुले पनि आफुहरुको विकल्पमा अन्य कर्मचारी राखेर काम गर्न अनुरोध गरेका छन् । ‘सीसीएमसी बोलाइएका मध्ये एक प्रमुखले भने, ‘हामीले यतिका वर्ष गरेको कामको कुनै मुल्याङ्कन भएछन् अब फेरी किन सीसीएमसीमा जाने । उनिहरुले आफ्नो इच्छा अनुसार कर्मचारी राखेर काम गरुन् ।’

स्वास्थ्य आपत्कालीन केन्द्र

स्वास्थ्य अधिकारीहरुले सीसीएमसीमा पूर्ण अधिकार दिएर स्वास्थ्यलाई कमजोर बनाउनुमा राजनीतिक सार्थ जोडिएको औल्याएका छन् । अहिले राजनीतिक घटना क्रम बदलिएको छ । कुनै पनि बेला स्वास्थ्य संकटकाल लगाएर अधिकार आफ्नो हालमा लिने र आवश्यता अनुसार स्वास्थ्य सामग्रीको खरिद बिक्रि गर्ने स्वास्थ्यका अधिकारीले भनेका छन् । यो पत्रले स्वास्थ्य मन्त्रालय सीसीएमसीको छायाँ बन्ने निश्चित भएको छ ।

महानिर्देशक भन्छन् पूर्णकालीन भनेर कसरी पत्र आयो अचम्ममा छु

डा दिपेन्द्ररमण सिंह

स्वास्थ्य सेवा विभागका महानिर्देशक तथा केन्द्रका सदस्य डा दिपेन्द्ररमण सिंहले स्वास्थ्यका अधिकारीहरु कसकसलाई राख्ने भन्नेमा कुरा भएपनि पूर्णकालीन सेवाका बारेमा आफु जानकार नभएको बताए । ‘उनले भने, ‘सीसीएमसीमा समय समयमा फरक फरक बिद्यामा छलफल गर्नुपर्ने भएकाले सम्बन्धीत अधिकारीहरुलाई बोलाउन सक्ने विषयमा छलफल भएको थियो । तर, पूर्णकालीन सेवाका लागि भनेर परिपत्र गरेको विषयमा म जानकार छैन ।’

अध्यादेश आएको दुई साता नहुदै केन्द्रमा भएका स्वास्थ्यका अधिकारीहरुको जानकारी बिना परिपत्र गरेर जनशक्ति माग्नुले स्वास्थ्यलाई सीसीएमसीले आफ्नो छायाँका रुपमा मात्रै हेरेको स्पष्ट हुन्छ ।

सरकारले स्वास्थ्य मन्त्रालयको तर्फबाट सीसीएमसीमा प्रतिनिधित्व गर्ने स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दिपेन्द्ररमण सिंहलाई जिम्मेवारी दिएको छ । डा सिंहले यस विषयमा आफ्नो केही कमजोरी भएको स्वीकार गरेका छन् । ‘म दुई दिन सीसीएमसी गएको छैन उनले भने, ‘मलाई यो निर्णय भएको जानकारी समेत गराइएन, त्यसैले दुई दिन घर बस्दा स्वास्थ्य मन्त्रालयलाई ब्रिफिङ् गर्न छुटाउनु मेरो गल्ति हो ।’

प्रधानमन्त्रीको अध्यक्षतामा निर्देशक समिति
सरकारले अध्यादेशमा कोभिड–१९ को रोकथाम, नियन्त्रण, निदान र उपचारको व्यवस्थापनसम्बन्धी कार्यलाई प्रभावकारी बनाउन प्रधानमन्त्रीको अध्यक्षतामा १० सदस्यीय निर्देशक समिति गठन गरेको छ ।

प्रधानमन्त्री अध्यक्ष रहेको समितिमा समितिका सदस्यमा उपप्रधानमन्त्री, स्वास्थ्य तथा जनसंख्या, गृह, अर्थ, उद्योग, वाणिज्य तथा आपूर्ति, परराष्ट्रमन्त्री, मुख्य सचिव र प्रधानसेनापति रहने व्यवस्था गरिएको छ ।

क्याटेगोरी : मेडिकल शिक्षा, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com