वीपी प्रतिष्ठानमा अख्तियारको छापा 


काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा छापा मारेको छ ।

प्रतिष्ठानमा आर्थिक अनियमितताका विषय सार्वजनिक भएपछि अख्तियारले केही समय अगाडि छापा मारेर महत्वपूर्ण कागजात नियन्त्रणमा लिएको छ ।

अख्तियारको केन्द्रबाटै एसएसपी टेकबहादुर तामाङ नेतृत्वको ५ जनाको टोली प्रतिष्ठानको कार्यालयमा पुगेर आवश्यक कागजात नियन्त्रणमा लिएको छ । अख्तियारको केन्द्रको टोलीले इटहरीस्थित कार्यालयसँग समन्वय गरेर छापा मारेको एसएसपी तामाङले पुष्टी गरे । वीपीमा करोडौंको अनियमितता भएको तथ्य सार्वजनिक हुँदै आएको छ ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com