सरकारले खोपमा खटिएकाको फोटो राखेर जस लियो, पदक दिएन 

विश्वले पत्याएका स्वास्थ्यकर्मीलाई आफ्नै देशकाे सरकारले पत्याएन


काठमाडौं । जीवन जोखिममा राखेर गाउँ- गाउँमा खोप पुर्‍याउने स्वास्थ्यकर्मीलाई संविधान दिवसको अवसर पारेर दिइँदै आएको पदक दिएन ।

सिंहदरबार वरिपरि घुमेर चाकडी बुझाउने कर्मचारीले पदक पाउदा जीवन आहूती दिएर खोप कार्यक्रम चलाउने ती स्वास्थ्यकर्मीको राज्यले कुनै मूल्यांकन गरेन । जीवन मृत्युको प्रवाह नै नगरी खोपमा खटिएकाका स्वास्थ्यकर्मीको फोटो राखेर जस लिएको सरकारले पदक दिने बेलामा भने अबमूल्यन गरेको छ । अन्तर्राष्ट्रिय रुपमासमेत नोटिसमा रहेका ती स्वास्थ्यकर्मी राज्यको नोटिसमा पर्न सकेनन । सिंहदबारको चौघेराभित्र रहेको विभूषण सिफारिस समितिको दुर्गममा आँखा पुग्ने कुरै भएन । न त काठमाडौंमा बस्ने हाकिमहरुको चासो रह्यो । आफैंले पदक लिएर खुसियाली मनाए । गाउँ- गाउँमा गएर हौसला दिनुपर्छ भन्ने सिंहदरबारमा बस्ने हाकिमहरुको चेत देखिएन । न त तिनीहरूले निजामती पुस्कार र संविधान दिवसको दिने पदक ।

 

फोटोमा प्रचार गरेको ति राष्ट्रसेवकहरूलाई सम्मान गर्ने बेलामा राज्यले नखोजे पनि स्वास्थ्य लाइभले खोजी गर्दा विज्ञापनमा राखिएको पहिलो फोटो (पिपिई लगाएको) खोलामा काठको माध्यमबाट भ्याक्सिन क्यारियर तार्ने खोबाङ हेल्थ पोष्ट मुस्ताङमा कार्यरत एचए लाल बहादुर रोका रहेको पाइएको छ । सोही फोटोमा खोला पारी रहेका ड्राइभर गगन बिक रहेको खुल्न आएको छ ।

सरकारले विज्ञापन गर्दा राखेको रातो सुइटर लगाएर हिलो बाटोमा भ्याक्सिन क्यारियर लिएर हिड्ने स्वास्थ्य चौकी धनकुटाका कार्यरत सिनियर अहेव अन्जना तिमिल्सिना रहेको पाइएको छ ।

त्यस्तै निलो रातो कर्मचारी ड्रेसको लुगा लगाएर पहिरोमा भ्याक्सिन क्यारियर लिएर हिड्दै गर्ने रोल्पामा कार्यरत अनमी रेनुका सुवेदी रहेको तथ्य स्वास्थ्य लाइभले फेला पारेको छ ।

फोटोमा देखिएको खोला तर्दै गरेका दुई जनामध्ये दार्चुला हेल्थ पोष्ट इन्चार्ज रोहित धनुक र बेतना हेल्थ कार्यलय सहयोगी सिंहराज भट्ट रहेको खुल्न आएको छ । तर राज्यको मूल्यांकनमा महामारीमा ज्यानको बाजी लगाउने ति स्वास्थ्यकर्मी पदकका लागि योग्य देखिएनन् ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com