धुर्मुस-सुन्तली फाउण्डेसनको वीर अस्पताल सफाइमा १५ लाखको खाजा 


काठमाडौं । धुर्मुस-सुन्तली फाउण्डेसनले वीर अस्पताल सफाइ गर्दा १५ लाख भन्दा बढीको खाजा खाएको विवरण पेश गरेको पाइएको छ ।

वीर अस्पताल स्रोतकाअनुसार अस्पातल सरसफाइ र रङ रोगनको क्रममा धुर्मुस-सुन्तली फाउण्डेसनले खाना-खाजा खर्च भनेर १५ लाख १ हजार २ सय ८० रुपैयाँको विवरण पेश गरेको छ ।

उक्त रकम ९ जना मिस्त्री र समाजसेवी दम्पत्तीद्वयको ४५ दिनको खाना–खाजा खर्च रहेको पेश विवरणबाट खुलेका आएको छ ।

फाउण्डेसनले बुझाएको विवरणमा खाजा- खाना खर्च १५ लाख १ हजार २ सय ८० रुपैयाँ , ११ जनाको ज्याला खर्च ४३ लाख २२ हजार ४ सय रुपैयाँ , रङ खर्च ३९ लाख ६१ हजार ३ सय ७२ रुपैयाँ, यातायात, फोन पानी बिजुली तथा प्लम्बिङका सामानसमेत १ एक ९३ हजार ९ सय ५२ र रूपैयाँ गरी जम्मा लागत ९९ लाख ७९ हजार ४ रुपैयाँ रहेको छ ।

 अनुदानप्राप्त २९ लाख ९२ हजार ६ सय ७४ रुपैयाँ रहेको छ । ६९ लाख ८६ हजार ३ सय ३० रुपैयाँ वीर अस्पातलबाट भुक्तानी भएको छ

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com