प्रशासनको गतिलो सहसचिव नहुँदा स्वास्थ्यमा समस्या


काठमाडौं ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालय प्राविधिक मन्त्रालय हो । स्वास्थ्य सचिव प्राविधिक समूह कै हुन्छ अस्पताल, चिकित्सक, स्वास्थ्यकर्मीलगायत प्राविधिक कुराहरू हेर्नु पर्ने भएकाले सचिवसहित प्रमुख विशेषज्ञ पनि स्वास्थ्य सेवा कै रहने व्यवस्था छ । त्यसैले प्रशासनिक सल्लाह र काम कारबाही गर्नका लागि स्वास्थ्यमा प्रशासन समूहको दुईजना सहसचिवको दरबन्दी राखिएको छ । 

अहिले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा प्रशासन समूहका सहसचिवको जिम्मेवारीमा शैलजा रेग्मी र इन्द्रमणि पोखरेल रहेका छन् ।  इन्द्रमणि १ महिनाले मात्रै वरिष्ठ हुन् भने शैलजा कनिष्ठ हुन ।

स्वास्थ्य मन्त्रालयमा कर्मचारी सरूवा बढुवालगायतका प्रशासनिक काममा सहयोग र उचित सल्लाह दिन प्रशासन समूहका दुई-दुईजना सहसचिवको दरबन्दी राखिएको छ । तर, प्रशासन समूहका सहसचिवहरूले उचित सल्लाह र भूमिका निर्वाह नगर्दा स्वास्थ्यमा प्रशासनिक काम कारबाहीमा समस्या देखिएको छ ।

प्रशासन हेर्ने मुख्य जिम्मेवारीमा रहेकी रेग्मीको अपरिपक्वताका कारण स्वास्थ्य मन्त्रालयको प्रशासनिक निर्णय विवादमा पर्न थालेको हो । कर्मचारी सरुवा गर्दा प्रशासनले बनाउने पत्रको विषयलाई लिएर आलोचना हुन थालेपछि प्रशासनका सहसचिवको विकल्प खोज्नु पर्ने अवस्था आएको स्वास्थ्यका अधिकारीहरू बताउँछन् ।

ओएन्डएममा उल्लेख भएको पद र दरबन्दीसमेत छुट्याउन नसकेर स्वास्थ्यको प्रशासनले मन्त्रालयलाई मजाक बनाएको छ । जुन उद्देश्यका साथ स्वास्थ्यमा प्रशासनका सहसचिवको दरबन्दी सिर्जना गरिएको हो त्यो उद्देश्य अनुरूप काम हुन नसक्दा यस्तो समस्या देखिएको स्वास्थ्यका अधिकारीहरूको भनाइ छ । यो सबै प्रशासनको गतिलो सहसचिव स्वास्थ्यले नपाउँदाको परिणाम भएको स्वास्थ्य मन्त्रालयमा टिप्पणी हुन थालेको छ ।                     

*समाचारमा इन्द्रमणि वरिष्ठ हुनुपर्नेमा अन्यथा भएकाले सच्याइएकाे छ । सम्पादक

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com