मन्त्रिपरिषदमा ठाडो प्रस्ताव लगेर डा. पुकारलाई अंग प्रत्यारोपण केन्द्रको कार्यकारी निर्देशक नियुक्त


काठमाडौं । सरकारले विवादित व्यक्ति डा. पुकार श्रेष्ठलाई मानवअंग प्रत्यारोपण केन्द्रको कार्यकारी निर्देशक बनाएको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले ठाडो प्रस्तावमा उनलाई केन्द्रको कार्यकारी निर्देशक नियुक्त गरेको हो । तर, औपचारिक रुपमाबाहिर ल्याइएको छैन । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय उच्च स्रोतकाअनुसार उनलाई स्वास्थ्य मन्त्रालयले प्रस्ताव नलगेपछी ठाडो प्रस्ताव बनाएर केन्द्रको कार्यकारी निर्देशक नियुक्त गरिएको हो ।

असक्षम ठहरिएका डा. पुकारलाई मेडिकल माफियादेखि प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल, नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधव कुमार नेपाल, मुख्यसचिव शंकरदास बैरागी केन्द्रको कार्यकारी निर्देशक नबनाई नहुने पक्षमा उभिएका थिए । सोही कारण स्वास्थ्यको असहमतिकाबिच उनलाई निर्देशक नियुक्त हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने आफूले कार्यकारी निर्देशक बनाएको विषयमा औपचारिक जानकारी नपाएको बताएको छ । ‘एक अधिकारीले स्वास्थ्य लाइभलाई भने, ‘ मन्त्रिपरिषद्को बैठकले नियुक्त गर्यो भन्ने सुन्नमा आएको छ । तर, त्यसको पुष्टि नभएकाले दिउसो जानकारी होला । हामीले पुकारको विषयमा प्रस्ताव पठाएका छैनौं ।’

मानव अंग प्रत्यारोपणमा हुँदा आफ्नो निजी अस्पताल निदानमा बिरामी पठाएको, नर्सलाई डाक्टर बनाएर गैरकानुनी रुपमा बिरामी हेरेको, मृर्गौैला तस्करीमा संलग्न भएको, केन्द्रका कर्मचारीप्रती विभिन्न हिंसा गरेको, करोडौंका उपकरण खरिद गरेको तर, संचालन नगरेको, आफूबाहेक अन्य चिकित्सकलाई मिर्गौला प्रत्यारोपणमा असहयोग गरेको, हाल वीरमा आएर पनि उपकरण खरिद गराउन दवाव दिएको तर, सेवा नगरेर मन्त्रालयमा राजनीति गरेर बसेको जस्ता दार्जनौं आरोप लागेको छ ।

यस्ता विवादित व्यक्तिलाई छानविन गरी दण्डित गर्नुपर्नेमा उल्टै सरकारले पुरस्कार स्वरुप केन्द्रको कार्यकारी निर्देशक बनाउनुले स्वास्थ्य क्षेत्रकै बदनाम भएको अधिकारीहरु बताउँछन् । शक्ति पदर्शन गरेरै पुकारले पुनः प्रत्यारोपण केन्द्रको कार्यकारी निर्देशक हत्याएका छन्।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com