यी हुन् सिनियर एघारौँ तहका २८ जना स्वास्थ्यकर्मी


काठमाडौं ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बाह्रौं तह (प्रमुख विशेषज्ञ) मा बढुवा गर्ने निर्णय गरेको छ । त्यसका लागि एघारौं तह भएको पाच वर्ष पूरा भएकाले आवेदन दिन पाउने छन् । स्वास्थ्य मन्त्रालयले बढुवाका लागि आइतबार सूचना जारी गर्ने निर्णय शुक्रबार गरेको छ ।

स्वास्थ्य मन्त्रालयमा शुक्रबार बसेको बढुवा समितिको बैठकले रिक्त रहेको तीनपदमा बढुवा गर्न प्रक्रिया अगाडि बढाउने निर्णय गरेको हो ।  एघारौं तहको बरिष्ठताको आधारमा पहिलो नम्बरमा डा. भीमसिंह टिंकरी छन् । उनी यस अगाडि पनि १२ औं तहको सिफारिसमा परेको कर्मचारी हुन् । दोस्रो नम्बरमा डा. गुणराज लोहनी छन् ।

त्यस्तै तेस्रो नम्बरमा डा. तारा पोखरेल, चौथो नम्बरमा डा. तारानाथ पौडेल छन् । तर, तारानाथ पौडेलको अख्तियारमा मुद्दा भएकाले निलम्बनमा छन् । पाँचौ नम्बरमा सुनिलराज शर्मा छन् ।  त्यस्तै छैटौं नम्बरमा डा. कृष्णप्रसाद पौडेल, सातौं नम्बरमा डा. वासुदेव उपाध्याय र  आठौं नम्बरमा डा. संगीता कौशल मिश्रा छिन्

वरिष्ठत भएका आधारमा पनि टिंकरीको बढुवा हुने निश्चित देखिन्छ ।

यी हुन् २८ जना सिनियर स्वास्थ्यकर्मी

क्याटेगोरी : मेडिकल शिक्षा, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com