ज्यान जोखिममा पारेर किन गर्दैछन् पूर्वप्रधानमन्त्री ओली धपेडी?


काठमाडौं । आफ्नो स्वास्थ्यको ख्यालै नगरी पूर्वप्रधानमन्त्री ओली धपेडी गर्न थालेका छन् । मिर्गौलाको दोस्रोपटक प्रत्यारोपण गरेका ओली आफ्नो स्वास्थ्यको ख्यालै नगरी धपेडी गर्न थालेपछि उनको स्वास्थ्यप्रति चिकित्सकहरु चिन्ता व्यक्त गर्छन् । पूर्वप्रधानमन्त्री ओलीको स्वास्थ्यले आज त्यो संकेत गरिसकेको छ ।

नेकपा एमालेको विधान महाधिवेशनमा राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने क्रममा ओलीको स्वास्थ्यमा समस्या देखिएपछि बोल्दा बोल्दै उनको बोली बन्द भयो ।

ओलीको मिर्गौला प्रत्यारोपण गरेकाले चिकित्सकहरुले धेरै धपेडी नगर्न सुझाव दिएका थिए । तर उनले चिकित्सकको सुझावलाई बेवास्ता गर्दै दौडधुप गरिरहेका छन् । ओलीको धपेडी यस्तै रहेको खण्डमा उनको स्वास्थ्यमा खतरा रहेको चिकित्सकहरु औँल्याउछन् ।

ओलीले आफ्नो स्वास्थ्यलाई भन्दा पनि अरूलाई गाली गर्नमा बढी ध्यान केन्द्रीत गर्ने गरेका छन् । यसलै उनको स्वास्थ्यमा समस्या देखिएको चिकित्सकहरुको भनाइ छ ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com