नर्भिक अस्पतालमा हरेक शनिवार निःशुल्क ओपिडी सेवा संचालन हुने


काठमाडौं । नर्भिक अन्तर्राष्ट्रिय अस्पताल थापाथलीले निःशुल्क ओपिडी सेवाको अभियान सुरु गरेको छ । जस अन्तर्गत शनिवार दुई जना विशेषज्ञ डाक्टरहरुले निःशुल्क सेवा दिने भएका छन् ।
शनिवार बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म बिरामीले सेवा लिन पाउँनेछन् । निःशुल्क सेवामा शनिवार कन्सलट्यान्ट ग्यास्ट्रोइन्टेरोलोजिस्ट प्राध्यापक डाक्टर सीताराम चौधरी र अर्थोपेडिक कन्सलट्यान्ट डाक्टर सगुन जोशीले सेवा दिनेछन् । पेटमा समस्या भएका र हाडजोर्नीमा समस्या भएका बिरामीले नर्भिक अस्पतालमा गएर बिना पैसा विशेषज्ञ सेवा लिन सक्नेछन् ।

प्रा.डा. चौधरीले बिहान १० बजेदेखि १२ बजेसम्म र डा. जोशीले १२ बजेदेखि २ बजेसम्म ओपिडी सेवा दिने नर्भिक अस्पतालले जनाएको छ । पाचन प्रणाली, कलेजो, ग्यास्ट्रिक लगायत पेटसँग सम्बन्धित समस्या भएकाले प्रा.डा. चौधरी र हाडजोर्नीसँग सम्बन्धित समस्या भएकाले डा.जोशीको निःशुल्क ओपिडी सेवामा सहभागी भई लाभ उठाउन सक्ने अस्पतालले जनाएको छ ।

नर्भिकले केही महिना अघिदेखि आफ्नो कर्पोरेट सोसियल रेसपोनसिबिलीटी (सीएसआर) अन्तर्गत प्रत्येक शनिवार कुनै न कुनै विशेषज्ञ चिकित्सकलाई निःशुल्क ओपिडी सेवाका लागि प्रस्तुत गर्ने गरेको छ । गरिब विपन्न वर्षका लागि निजी अस्पताल हैन भन्ने आम मानिसहरुको बुझाईलाई चिर्न पनि नर्भिकले निःशुल्क ओपिडी सेवाको सुरुवात गरेको हो ।

कुनै पनि इच्छुक व्यक्तिले निःशुल्क ओपिडी सेवा लिनका लागि नर्भिक अस्पतालको कल सेन्टर ०१५९७००३२ तथा एक्सटेन्सन नम्बर १०१८ मा फोन गरेर समेत आफ्नो नाम टिपाउन सकिनेछ ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com