४५ हजारलाई फाइजर खोप लगाइने (यी हुन् खोप केन्द्र)


काठमाडौं । १८ वर्ष भन्दा कम उमेरका बालबालिकालाई दिन मिल्ने कोरोना विरुद्धको फाइजर खोप केही दिन भित्र नेपाल आउने भएको छ । कोभ्याक्स सुबिधा मार्फत १ लाख ६ सय २० डोज आउँन लागेको स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा अन्तगर्त खोप शाखाका प्रमुख सागर दाहालले बताए ।

खोप भण्डारण गर्न सरकारले चार वटा कोलचेन तयार गरेको छ । ती कोल चेनमा १ लाख डोज खोप भण्डारण क्षमता रहेको छ । यो खोपको सेल्फ लाइफ पूर्णरुपमा कायम गर्न अल्ट्र«ाकोल्डचेन (माईनस ४४ देखि माईनस ८० सेल्सियस ) तापक्रममा भण्डारण गर्नुपर्ने हुन्छ ।

स्वास्थ्य मन्त्रालयका अधिकारीहरुले बताए अनुसार फाइजर खोपलाई माईनस १५ देखि २५ डिग्रि सेल्सियस मा १४ दिन भण्डारण गर्न सकिन्छ । माईनस २ देखि ८ डिग्री सेल्सियसमा ३१ दिन मात्र राख्न सकिन्छ । यो खोप एक पटक अल्ट्र«ाकोल्डचेन (माईनस ४४ देखि माईनस ८० सेल्सियस) बाट २ देखि ८ डिग्री सेल्सियसमा भण्डारण गरे पछि पुन माईनस (जम्ने) तापक्र्रममा कदापी राख्न हुदैन । तसर्थ यो खोप प्राप्त भए पछि कार्यक्रम संचालन हुदा विशेष ध्यान दिनुपर्ने अधिकारीहरु बताउँछन् ।

सरकारले बालबालिकालाई फाइजर खोप लगाने बताए पनि अहिले आउँन लागेको १ लाख ६२० डोज भने बालबालिकालाई नलगाउने देखिएको छ । ‘स्वास्थ्य मन्त्रालयका एक उच्च अधिकारीले भने’, ‘फाइजर पनि दिर्घरोगी र बृद्धवृद्धालाई दिने कुरा आएको छ, उनिहरुलाई भेरोसेल लगाउने मिल्ने भएकाले थोरै भएपनि फाइजर बालबालिकालाई लगाउनु पर्छ ।’

फाइजर खोप अन्य जस्तै एक ब्यक्तिलाई २ मात्रा दिनु पर्छ । हाल प्राप्त हुने १ लाख ६२० मात्रा खोप दुवै मात्रा दिनको लागि सुनिश्चितता गरेर करिव ४५ हजार लाई पहिलो मात्रा र सोहि समुहलाई दोस्रो मात्रा दिनेगरी व्यवस्था गरिएको छ ।

लक्षित समूह
कोभिड संक्रमणको उच्च जोखिममा रहेका दिर्घ रोगीहरु हृदय रोग, मिर्गौला, क्यान्सर, अन्य गंभिर रोगी, अंग प्रत्यारोपण सँग सम्बन्धी रोग, उच्च रक्तचाप र डायबेटिज भएका बिरामीहरुलाई फाइजर खोप दिने तयारी भएको छ । उनिहरुलाई लगाएर बचत भएको अवस्थामा वैदेशिक रोजगारमा जाने नागरिक र अन्य प्राथमिकताका उमेर समुहलाइ दिइने छ ।

फाइजरका लागि खोप केन्द्र
काठमाण्डौ उपत्यकामा विशिष्टिकृत सेवा प्रदान गर्ने अस्पतालहरु गंगालाल हृदयरोग केन्द्र, शिक्षण अस्पताल, वीर अस्पताल, निजामती कर्मचारी अस्पताल गरि ५ र ललितपुरमा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र भक्तपुरमा भक्तपुर क्यान्सर अस्पतालमा खोप केन्द्र राखेर फाइजरको खोप लगाइने छ । त्यस्तै सातवटै प्रदेशका प्रादेशिक अस्पताल वा तोकिएका अस्पतालहरुमा केन्द्र तोकि खोप दिइने छ ।

कसरी संचालन हुन्छ फाइजर खोप

  •  दैनिक खोपकेन्द्रमा खोप लिन आउन सक्ने अवस्थाको विरामीहरुलाई हप्ताको कुनै दुई दिन तोकेर खोप दिइने छ ।
  • उक्त प्रकारका विरामीहरु अस्पतालमा भर्ना भएका छन र चिकित्सकको सिफारिसमा खोप दिन मिल्ने भएमा ५ जनाको समुह वनाई जुनसुकै दिन खोप दिने सकिने छ ।

जनशक्ति परिचालन

खोप दिने स्वास्थ्यकर्मी : प्रत्येक अस्पताल बाट कम्तिमा २ जना स्वास्थ्यकर्मी तोकिने छ । सके सम्म यस अघि कोभिड १९ विरुद्धको खोप अभियानमा खोप संचालनमा संलग्न ब्यक्तिलाई नै छनौट गरिने छ । यदि अस्पताल बाट जनशक्ति अभाव भएमा तोकिएको दिन खोप संचालन गर्न खोपकेन्द्रको नजिकको पालिका÷वडा तहको स्वास्थ्य संस्था बाट १ जना खोप कार्यकर्ता ब्यवस्था गर्ने सरकारले जनाएको छ । यो कार्यको लागि स्वास्थ्य कार्यालयले पालिका, स्वास्थ्य संस्था संग समन्वय गर्ने ।

ए.ई.एफ.आई ब्यवस्थापन र खोप सेसनको लागि संयोजक : खोपकेन्द्र तोकिएको अस्पतालसंगको समन्वयमा सम्बन्धित अस्पताल बाट १ जना वालरोग विशेषज्ञ÷मेडिकल अफिसर÷चिकित्सक लाई संयोजक तोक्ने र प्रत्येक खोपकेन्द्रमा ए.ई.एफ.आई. किटको ब्यवस्थापन गर्ने ।

खोपकोल्डचेन, आपूर्ति वितरण र खोप सेसन सचालनमा समन्वय र गुणस्तर अनुगमन :

  • यो कार्यको लागि काठमाण्डौ उपत्यकामा स्वास्थ्य कार्यालयको समन्वयमा प्रत्येक जिल्लामा १ जना सुपरिवेक्षक तोक्ने ।
  • यो कार्यको लागि कोभिड खोप कार्यक्रममा सहयोग गर्ने साझेदार निकायहर बाट समेत आबश्यक्ता अनुसार परिचालन गर्ने ।
  • खोप संचालन हुने जिल्ला बाट खोप कार्यक्रम फोकल पर्सन ÷कोभिड फोकल पर्सनलाई समन्वय तथा ब्यवस्थापनको जिम्मेवारी दिने ।
  • खोप संचालन हुने अस्पताल बाट १ जना चिकित्सक संयोजक तोक्ने ।
  • संघिय र प्रदेश खोप भण्डारण बाट १ जना फोकल पर्सन तोक्ने ।

खोप आपूर्ति तथा वितरण

  • फाइजर खोप प्राप्त हुने मिति र समय अग्रिम समन्वय गरेर खोप प्राप्त हुनासाथ ग्ीऋ कायम रहेको यकिन गरि शिपमेन्ट कन्टेनर बाट नै केन्द्रिय खोप भण्डारमा ल्याई भण्डारण गरिने छ ।
    सातवटै प्रदेशमा ३ दिन अघि खोप पुग्ने गरि उपलब्ध गराउने ।
  • काठमाण्डौ उपत्यकाको जिल्ला खोप भण्डारमा केन्द्रिय खोप भण्डार बाट र जिल्ला खोप भण्डारमा प्रदेश खोप भण्डार बाट कार्यक्रम संचालन हुने १ दिन अघि मात्र खोप पु¥याउने ब्यवस्था गर्ने
  • केन्द्रिय खोप भण्डार बाट प्रदेश तहमा १५ दिनको लागि मात्र आबश्यक परिमाण उपलब्ध गराउने र हरेक १५ दिनमा आबश्यक्ता अनुसार उपलब्ध गराउने ब्यवस्था गर्ने , खोप उपलब्ध गराउदा कति तापक्रममा खोप राखेको हो सो को समय , मिति र प्रयोग गर्ने अन्तिम मिति प्रष्ट उललेख गरेर पठाउने ।
  • प्रदेश खोप भण्डार बाट जिल्लाहरुमा खपतको आधारमा साप्ताहिक रुपमा खोप उपलब्ध गराउने ।
  • जिल्ला बाट खोप सेसनमा सकेसम्म दैनिक ( खोप संचालनको दिन) नै र सोहि दिन फिर्ता गरि जिल्ला खोप भण्डारमा राख्ने ब्यवस्था गर्ने, यदि टाढा भएको कारण सम्भव नभएमा कण्डिसनिङ्ग गरेको आईसप्याक प्रयाप्त राखेर अधिकतम ३ दिनको लागि खोप उपलब्ध गराई हरेक ३ दिनको शुरुमा अनिवार्य आईसप्याक फेर्ने व्यवस्था गर्ने ।
  • यो खोपमा ख्ख्ः नहुने भएकोले खोपकोल्डचेन तापक्रम अनुगमनको लागि प्रदेश, जिल्लाहरुमा डाटालगर र थर्मामिटर बाट र खोप सेसनमा थर्मामिटर बाट अनिवार्य अनुगमन गर्ने ब्यवस्था गर्ने ।

जनशक्तिको क्षमता विकास

  • छनौट भएका खोपदिने स्वास्थ्यकर्मी र खोपकेन्द्र तोकिएका अस्पतालका सयोजक चिकित्सक र प्रत्येक जिल्लाको तोकिएको सुपरिवेक्षकहरु लाई खोप कोल्डचेन ब्यवस्थापन, तापक्रम अनुगमन, खोप तयारी गर्ने र दिने प्रकृया, खोप दिदा अपनाउनु पर्ने सावधानी, ए.ई.एफ.आई. ब्यवस्थापन आदि बारेमा तोकिएका ब्यक्तिहरुको भूमिका आदि बारे जानकारी एवं सिप बिकास गर्न १ दिनको अभिमुखिकरण गर्ने ।
  • यो कार्यको लागि प्रयोगात्मक अभ्यास गराएमा प्रभावकारी हुने भएकोले सकेसम्म सवै लाई भौतिक रुपमानै १ दिने तालिम दिने ।
  • सवैलाई जम्मा गरि तालिम दिन सम्भव नभएमा संघ बाट सवै प्रदेशमा सहजकर्ता गई भौतिक रुपमानै अभिमुखिकरण गर्ने ।
  • संघ, प्रदेश र जिल्लाको कोल्डचेन फोकल पर्सनहरु लाई जुम वैठकको माध्यम बाट खोप आपूर्ति, वितरण, कोल्डचेन ब्यवस्थापन, अनुगमन सुपरिवेक्षण आदि बारे अभिमुखिकरण गर्ने ।
  • तोकिएको सयोजक चिकित्सक र सुपरिवेक्षकबाट निरन्तर खोपकेन्द्रमा अनुगमन, सहजिकरण र पृष्ठपोषण गर्ने
क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com