बसन्त चौधरीको मुटुको सफल शल्यक्रिया


काठमाडौं । नर्भिक इन्टरनेशनल हस्पिटलका संचालक बसन्तकुमार चौधरीको मुटुको सफल शल्यक्रिया भएको छ । हृदयघात भएपछि चौधरीको गत मंगलबार दुबईस्थित अमेरिकन हस्पिटलमा शल्यक्रिया भएको नर्भिक इन्टरनेशनल हस्पिटल प्रवक्ता सोमनाथ बास्तोलाले बताए ।

एक हप्ता अगाडी परिवारसँग घुम्न दुबई गएका बेला अचानक मुटुमा समस्या आएको थियो । नर्भिक अस्पतालले जनाए अनुसार शल्यक्रियापछि चौधरीको स्वास्थ्य अवस्थामा सुधार भइरहेको छ ।

अमेरिकन हस्पिटलको टिमले उच्चतम प्रविधिको प्रयोग गरी संस्थापक चौधरीको ओपन हार्ट सर्जरी गरेको हो । सर्जरीपछि हाल उनी पोस्ट अपरेटिङ केयरमा छन् । दुई दिन पछि डिस्चार्ज गर्ने तयारी भएको अस्पतालले जनाएको छ । असोज ८ गते स्वास्थ्यमा अचानक समस्या आई अस्पताल भर्ना भएका थिए ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com