भत्ता खोज्दै अफिस ताला लगाएर हिड्छन् स्वास्थ्य तालिम केद्रका कर्मचारी 


काठमाडौं । राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रका कर्मचारी भत्ता आउने कार्यक्रम खोज्दै दिउँसै अफिसमा ताला लगाएर हिड्ने गरेको पाइएको छ ।

स्वास्थ्य लाइभको टोली टेकुस्थित राष्ट्रिय स्वास्थ्य तालिम केद्रको कार्यालय (अफिस) पुग्दा प्रायजसो कर्मचारीको कार्यकक्षमा ताला लगाएको भेटिएको छ । ताला नलगाएको कार्यकक्षमा पनि चुकूल ठोकेर कर्मचारी कार्यालय समयमा बाहिर हिडेका हुन् ।

तालिमको रणनीति बनाउनसमेत स्वास्थ्य क्षेत्रका आइएनजिओ माफियाहरूले चलाएको एनएचएसएसपीलाई दिएको तालिम केन्द्रका कर्मचारी भत्ता दिने एनजिओ, आइएनजिओका कार्यक्रममा अफिस नै सुनसान बनाएर हिड्न थालेका छन् । केन्द्रका अधिकारीहरू हप्तैभरि तालिमको नाममा भत्ता खाने कार्यक्रममा कार्यालय बाहिरै हुने गर्छन् ।

स्वास्थ्य लाइभको टोली करिब १२ बजे टेकुस्थित तालिम केन्द्र पुग्दा निर्देशक केशवराज पण्डितसहितका शाखा प्रमुखको ढोका बन्द थियो । स्वास्थ्य तालिम केन्द्र सरकारी कर्मचारीले भन्दा पनि एनएचएसएसपीलगायतका आइएनजिओले चलाउने गरेको आरोप लाग्दै आएको छ । एनएचएसएसपीका विनम्र राजभण्डारीको पछिल्लो ईमेल काण्डले त्यो कुराको पुष्टी गर्छ । राज्यको संवेदनशील विषय जोडिएको कामसमेत तालिम केन्द्रका कर्मचारीले आइएनजिओलाई दिने गरेका छन् ।

एनएचएसएसपीलाई स्वास्थ्यको संवेदनशील रणनीति बनाउन दिएका वरिष्ठ स्वास्थ्य प्रशासक रामराज पन्थीदेखि आईटी प्रशासक सरोज कुमार देवसम्म भत्ता खाने कार्यक्रममा कार्यकक्षमा दिउँसै ताला ठोकेर हिडेका छन् । कुञ्ज प्रसाद जोशीको र इश्वर प्रसाद उपाध्याय नाम प्लेटमा भित्र देखाएर ढोकामा ताल्चा ठोकेर भत्ता खाने तालिममा गएका छन् ।

निर्देशक पण्डितसहितका प्रायजसो कर्मचारी भत्ता खाने कार्यक्रममा हिडेको स्वास्थ्य तालिम केन्द्रका अधिकारीहरूको भनाइ छ । यता पन्थीले भने आफू घरायसी काम व्यस्तताले अफिस नगएको बताए । ‘साथीहरू हुनुपर्ने हो खोइ मलाई थाहा भएन’, उनले भने ।

बरिष्ठ स्वास्थ्य शिक्षा अधिकृत थलिन्द्र पंगेनी आफूहरू जानकपुरतिर तालिममा व्यस्त रहेको बताए । तालिम केन्द्रको टिम नै जनकपुरमा रहेको उनको भनाइ छ ।केन्द्रका निर्देशक पण्डित बिराटनगर गएको पन्थीले बताए ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com