स्वास्थ्यमन्त्री ताक्ने तिमल्सिनाको विषयमा प्रधानन्यायाधीश हच्किए


काठमाडौं । सूचना प्रविधि (आइटी) र मेडिकल उपकरणमा खरिदमा जोडिएका दीपक तिमल्सिनालाई स्वास्थ्यमन्त्री बनाउने प्रस्ताव आएको विषयले सर्वोच्च अदालतसमेत तरगिंत भएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको कोटाबाट तिमल्सिनालाई मन्त्री बनाउने प्रस्ताव गरेको विषयमा आएका सामाचारलाई प्रधानन्यायाधीश राणाले झूटा दाबी गरेका छन् ।

आइटी माफियाका रुपमा  परिचित (हाल सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक) विकल पौडेलसँग मिलेर  सर्वोच्च अदालतको आइटी सिस्टम विकास गरेका तिमल्सिनाले स्वास्थ्य मन्त्रालयमा आँखा लगाउँदै आएका छन् ।

सर्वोच्च अदालत बारका प्रतिनिधिसँगको भेट्मा प्रधानन्यायाधीश राणाले आफूले मन्त्रीमा कोटा खोजेको कुरा झूटा भएको स्पष्टीकरण दिएका हुन् । प्रधानन्यायाधीशको उक्त प्रस्टीकरणले स्वास्थ्यमा मेडिकल उपकरण खरिदको ठेक्का हत्याउन सफल ठेकेदार विशाल पण्डितसँग विशेष सम्बन्ध बनाएका अदालतका बिचौलिया तिमल्सिना मन्त्री बन्ने च्याप्टर क्लोज भएको छ ।

स्वास्थ्यमा उपकरण खरिद सम्बन्धी  ठूलै बजेट रहेकाले प्रधानन्यायाधीश राणा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई प्रयोग गरेर स्वास्थ्य मन्त्री बन्न तिमल्सिनाको दौडधुप रहेको बालुवाटार स्रोतको दाबी छ ।

सर्वोच्च अदालतमा स्वास्थ्यको मुद्दामा चलखेल गर्ने समूहले पनि उनलाई स्वास्थ्यमै जान उक्साइरहेको स्रोतको भनाइ छ ।

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि विशेष सम्बन्ध रहेका तिमल्सिनालाई मन्त्री बनाउने चर्चापछि राजनीतिक वृत्तमा मात्र नभइ न्यायालयमासमेत तरंग छाएको छ ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com