सरकार नै बद्नाम गराउने डिजी बिच्छाको इच्छा


काठमाडौं । स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. आरपी बिच्छाको इच्छाले सरकारकै बद्नाम गराएको छ ।

कार्तिक पहिलो साता घर जान लागेका विभागका निमित्त महानिर्देशक बिच्छाले शक्ति प्रयोग गरेर तीन वर्ष स्वास्थ्य सेवामा टिकिरहने इच्छा देखाएपछि सरकार नै बद्नाम हुने अवस्था आएको हो । उनको म्याद थप गर्न बालुवाटार कस्सिएर लागेको छ । बालुवाटार कै दबाबमा म्याद थप गर्ने प्रस्ताव अगाडि बढेको हो ।

सरकारले स्वास्थ्य सेवाको बाह्रौं तहमा तीनजना बढुवा गर्न पक्रिया अगाडि बढाइसकेको छ । बाह्रौं तहको प्रमुख विशेषज्ञ स्वतः विभागको महानिर्देशक हुन्छ । म्याद थपिए पनि बिच्छा विभागको डिजीको जिम्मेवारीमा फर्कन सक्ने अवस्था देखिँदैन । भइहाले पनि अदालतले रोक्ने सम्भावना देखिन्छ । यस्तो अवस्थामा विभागको महानिर्देशक बन्ने र टिकिरहने बिच्छाको इच्छाले सरकार बद्नाम भएको छ । 

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com