बुढानिलकण्ठकी जनस्वास्थ्य निरीक्षक दाहाल पनि काम छाडेर एमाले महाधिवेशनमा


काठमाडौं । बुढानिलकण्ठ नगरपालिकामा कार्यरत जनरवास्थ्य  निरीक्षक भवानी दाहाल पनि कामै छाडेर पार्टीको महाधिवेशनमा गएको पाइएको छ । दाहाल एमालेको गोदावारीमा आयोजित विधान महाधिवेशनमा प्रतिनिधि भएर संलग्न भएको पाइएको हो ।

निजामती सेवा ऐन, २०४९ को दफा १२ मा निजामती कर्मचारी कुनै राजनीतिक पदाधिकारीको व्यक्तिगत, व्यवसायिक वा राजनीतिक इच्छालाई प्रबर्द्धन गर्ने क्रियाकलापमा संलग्न हुनु हुँदैन भन्ने उल्लेख छ ।

तर  जनस्वास्थ्य  निरीक्षक दाहालसहितका स्वास्थ्यका कर्मचारी राजनीतिक पार्टीको क्रियाकलापमा संलग्न भएको पाइएको हो । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुका लेखापाल लेखनाथ कोइराला पनि एमालेको महाधिवेशनमा सहभागी भएका छन् ।

सिभिल अस्पतालकी नर्सिङ इन्चार्ज कल्पना श्रेष्ठ बिरामीको हेरचाह र नर्सहरुको व्यवस्थापनको काम छाडेर नेकपा एमाले  विधान महाधिवेशनमा गएको कुरा स्वास्थ्य लाइभले यस अघि नै सार्वजनिक गरिसकेको छ ।

सरकारी स्वामित्वमा रहेकी अस्पतालकी नर्सिङ इन्चार्ज श्रेष्ठ कोभिड १९  को केस बढिरहेको अवस्थामा बिरामीको स्वास्थ्य भन्दा पार्टीको काममा लागेको देखिन्छ। सिभिल अस्पतालमा नर्सिङ सेवा प्रभावकारी नभएको गुनासो आइरहेको अवस्थामा श्रेष्ठ एमाले पार्टीमा सक्रियतापूर्वक खटिएको फेला परेको हो ।  सरकारी तलब भत्ता खाएर पार्टीका योगदान गर्ने हो कर्मचारीमाथि कारबाही हुन् आवश्यक छ ।

स्वास्थ्य लाइभले सरकारी काम छाडेर पार्टीको काममा लाग्ने सरकारी स्वास्थ्यकर्मीको निरन्तर निगरानी गरिरहेको छ । साथै कानुनबमोजिम कारबाही गर्नसमेत स्वास्थ्य लाइभ सरकारलाई ध्यानाकर्षण गराउँछ ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com