भारतीय कोभिसिल्ड खोप शनिबारसम्म आइपुग्ने


काठमाडौं । सरकारले भारतसँग खरिद गरेको कोभिसिल्ड खोप शनिबारसम्म आइपुग्ने भएको छ ।

सरकारले किनेको २० लाख डोज कोभिसिल्ड खोपमध्ये १० लाख आउँन बाँकी थियो । भारतले नेपाललाई खोप दिने निर्णय गरेसँगै शनिबारसम्म १० लाख डोज खोप आउने भएको हो । ‘छिटोमा भोलि र पर्सीभित्र आउने कुरा छ । त्यसो नभए ढिलोमा शनिबारसम्म १० लाख डोज कोभिसिल्ड खोप आइपुग्छ।’, स्वास्थ्य मन्त्रालयका एक अधिकारीले स्वास्थ्य लाइभसँग भने ।

तत्कालीन स्वास्थ्य सचिव लक्ष्मण अर्यालले कमिसन एजेन्ट सुरज वैद्य र विजय दुगडसँग कमिसनमा खेल्दा १० लाख डोज कोभिसिल्ड खोप ल्याउने पक्रिया अबरुद्ध भएको थियो । कमिसनमा खेल्दा किनिसकेको खोप नै रोकिएपछि नेपालमा खोपको हाहाकार मच्चियो ।

सचिव अर्यालको श्रीमती निता अर्याल पोखरेल भारतको नयाँदिल्लीस्थित नेपाली दूतावासको इकोनोमिक मिनिस्टर रहेकाले सचिव अर्यालले बिचौलियासँगको मिलेमतोमा कमिसन सेटिङ गरेको आरोप लाग्दै आएको छ । महामारीमा कमिसन बार्गेनिङ गर्ने कमिसनखोरमाथि कुनै कारबाही भएको छैन ।

लामो समयपछि १० लाख डोज भारतीय खोप कोभिसिल्ड आउने निश्चित भएको हो ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com