पर्यटन बोर्डका सिईओ रेग्मीले कांग्रेस नेतालाई टिचिङमा जम्मा भएका भेडाहरू भनेपछि…


काठमाडौं । पर्यटन बोर्डका सिईओ धनञ्जय रेग्मीले कांग्रेस नेता जगदीश नरसिंह केसीलगायतलाई टिचिङ हस्पिटलमा जम्मा भएका भेडाहरूको संज्ञा दिएका छन् ।

स्वास्थ्य लाइभलाई प्राप्त सिईओको रेग्मीको पुरानो फेसबुक स्टाटसमा कांग्रेस नेता जगदिश्वरनरसिंह केसीको टोलीलाई  टिचिङमा जम्मा भएका भेडाहरूको संज्ञा दिएको फेला परेको छ ।

कांग्रेस नेता केसीले एभिन्यूज टेलिभिजनमा बोल्दै गरेको फोटो सेयर गर्दै रेग्मीले ‘टिचिङमा जम्मा भएका भेडाहरूको समूह’ भन्ने क्याप्सन लेखेको फेला परेको हो ।

पर्यटन  मन्त्रालयकोसमेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्री शेरबहादुर देउवाको मानसिक स्वास्थ्यमाथि पर्यटन बोर्डका सिईओ रेग्मीले प्रश्न उठाउँदै चेक गराउनु पर्ने सार्वजनिक रुपमै लेखेका पर्यटन बोर्डका सिईओ रेग्मीले कांग्रेस नेता केसीको समूहलाई पनि भेडाहरूको समूहको संज्ञा दिएको तथ्य फेला परेको हो ।

स्वास्थ्य लाइभलाई प्राप्त प्रमाण हेर्दा नेता केसी चिकित्सा शिक्षा सुधारका अभियन्ता प्राडा गोविन्द केसीको सत्याग्रहलाई समर्थन गर्न टिचिङ हस्पिटल गएर मिडियालाई प्रतिक्रिया दिँदै गरेको देखिन्छ । त्यसैलाई तानेर आफ्नो फेसबुकमा सेयर गर्दै सिईओ रेग्मीले भेडाहरूको संज्ञा दिएको पाइएको हो ।

सामाजिक सञ्जाल तल्लोस्तरमा झरेर कांग्रेस नेतामाथि तथानाम गाली गरेबापत केपी शर्मा ओली नेतृत्वको सरकारले उनलाई पर्यटन बोर्डको  सिईओ त बनाएको होइन भन्ने प्रश्न उठेको छ ।

क्याटेगोरी : मेडिकल शिक्षा, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ