बच्चाहरुलाई मोबाइलबाट टाढा राख्न यी टिप्सको मद्दत लिनुहोस्


काठमाडौं । मोबाइलको लतले गर्दा बच्चालाई मानसिक स्वास्थ्य समस्या देखिन थालेको छ । आँखा पनि कमजोर बन्दै गएको अध्ययनले देखाएको छ । अहिले बच्चा मोबाइलमा झुमिन थालेका छन् । त्यसैले बच्चालाई मोबाइल लतबाट छुटाउन सबै अभिभावकहरूले चासो दिन थालेका छन् ।

बच्चाहरुलाई मोबाइलबाट टाढा राख्न यी टिप्सको मद्दत लिनुहोस्ः

🔴बच्चालाई मोबाइलबाट टाढा राख्नको लागि उसलाई आउटडोर खेलको फाइदाहरु बताउनु सबैभन्दा महत्त्वपूर्ण छ । उसलाई सकेसम्म बाहिर मैदानमा खेल खेल्न पठाउनुहोस्।

🔴यदि तपाइँको बच्चा पनि दिनभर मोबाइलको उपयोग गर्दछ भने ऊसँग धेरैभन्दा धेरै समय बिताउनुहोस्, उसलाई माया दिनुहोस् र मोबाइल बिल्कुल नदिनुहोस्। यदि बच्चा तपाइँको कुराकानीमा व्यस्त हुन्छ भने मोबाइल प्रयोग गर्ने बानी स्वतः कम गर्न सकिन्छ।

🔴बच्चालाई उसको रुचि अनुसार कुनै पनि अतिरिक्त गतिबिधिमा सहभागी हुन पठाउन सुरु गर्नुहोस्, जस्तै चित्रकला, नृत्य, संगीत, खेलकुद आदि।

🔴यदि तपाइँको बच्चा फ्रि बसिरहेको छ भने उसको योग्यताअनुसार, उसलाई घरको केहि काम गर्न दिनुहोस्, जसबाट उसले पनि केहि सिक्ने अवसर पाउँछ।

🔴तपाईँको बालबालिकालाई मोबाइलबाट टाढा राख्नको लागी, उसलाई प्रकृतिको नजिक ल्याउन र बोट बिरुवाहरुको ख्याल गर्न भन्नुहोस्।

🔴बच्चालाई स्मार्टफोन र अनलाइन गेमबाट टाढा राख्न अर्को महत्वपूर्ण तरीका भनेको उसलाई एक पाल्तु जनावरसँग खेल्न, रमाउन तथा हेरचाह गर्न दिनुहोस् र यसमा उसले पुरा दिन बिताउन सक्छ।

🔴यसमध्ये सबैभन्दा महत्वपूर्ण भनेको अभिभावकहरुले पनि मोबाइलको प्रयोग कम गर्नुपर्दछ । यसमा तपाइँ आफैंले पनि घरमा आवश्यक हुँदा मात्र मोबाइलको उपयोग गर्नुपर्छ । यदि तपाइँ कम प्रयोग गर्नुहुन्छ भने बच्चाले पनि यसलाई कम प्रयोग गर्दछ।

क्याटेगोरी : अन्तर्राष्ट्रिय, जीवनशैली

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com