वीर अस्पतालको निर्माण कार्यलाई दु्रत रुपमा अघि बढाउन नगर प्रमुख खत्रीको आग्रह


काठमाडौं। चाँगुनारायण नगरपालिकाका नगर प्रमुख जीवन खत्रीले भक्तपुरको दुवाकोटमा निर्माणधिन वीर अस्पतालको निर्माण कार्यलाई दु्रत रुपमा अघि बढाउन आग्रह गरेका छन ।

वीर अस्पतालको १३३ औं स्थापना दिवसको अवसरमा आयोजित निःशुल्क स्वास्थ्य शिविर कार्यक्रमा नगर प्रमुख खत्रीले वीर अस्पतालको निर्माण कार्य चाडो सकेर दुवाकोटबाट सेवा सुचारु गर्न आग्रह गरेका हुन । वीर अस्पाताल निर्माणका क्रममा नगरपालिकाका समन्वय र सहयोग गर्न पनि तत्पर रहेको उनले बताए ।

नागरिकको मौलिक हकको रुपमा रहेको स्वास्थ्य सेवा प्रभावकारी बनाउन नगरपालिका प्रतिवद्ध रहेको उनले सुनाए ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com