पूर्वको इटहरी: भाट-भटेनी खुल्यो, अस्पताल खुलेन


सुनसरी । पूर्वको उदाउँदो शहरका रूपमा प्रचार भएको इटहरीमा भाट-भटेनी सुपरमार्केट खुलेको छ । तर, एउटा गतिलो र सुविधासम्पन्न अस्पताल खुल्न सकेको छैन।

सामाजिक विकासका हिसाबले एउटा स्तरीय अस्पताल र शिक्षालय बन्न नसकेको इटहरीमा करिब ३ अर्ब खर्चेर बालुवाटारको ललिता निवास खाने मीनबहादुर गुरूङको भाट-भटेनी सुपर मार्केट सञ्चालनमा आएको हो ।

इटहरी एउटा स्तरीय हस्पिटल नभएको पूर्वको उदाउँदो शहर हो भन्ने विषय खासै चर्चामा आएको देखिँदैन ।

१ नम्बर प्रदेशकै टप सपिङ सेन्टर बनाउने भन्दै इटहरीमा भाट-भटेनी खुल्यो तर १ नम्बर प्रदेशकै टप बनाउने भनेर इटहरीमा एउटै स्तरीय अस्पताल बन्न सकेको देखिंदैन ।

भाट-भटेनी ३५ कट्ठा जमिनमा तीन वटा ७ तले बिल्डिङ निर्माण गरेको हो । इटहरीको भाट-भटेनीमा बालबालिका खेल्ने ८ हजार वर्गफिटको प्ले ग्राउन्ड पनि बनाइएको छ। त्यस्तै माथिका तलाहरुमा क वर्गका वाणिज्य बैङ्कहरु पनि सञ्चालमा आएका छन् । तर, तत्काल कोही बिरामी भइहाल्यो भने प्राथमिक उपचार गर्न मिल्ने एउटा सामान्य मेडिकल राखिएको छैन ।

एउटा स्तरीय हस्पिटल नभएको इटहरीलाई विकास भएको भन्ने कि नभन्ने यो बहसको विषय हो । भाट-भटेनी भन्दा पनि इटहरीमा एउटा स्तरीय र सुविधासम्पन्न अस्पतालको खाँचो देखिन्छ ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com