स्वास्थ्य लाइभ प्रभाव

विमानस्थलका पिसिआर ल्याबको तीन दिन भित्र अनुगमन गरी प्रतिवेदन बुझाउन निर्देशन


काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल वरपर खुलेका पिसिआर ल्याबको अनुगमन गरी तीन दिन भित्र प्रतिवेदन पेश गर्न राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालालाई निर्देशन दिएको छ ।

विमानस्थलमा नाङ्गलो पसलझैँ अवैध पिसिआर ल्याब, स्वास्थ्य मन्त्रालय रमिते बन्दा रिपोर्ट गुणस्तरमै शंका शिर्षकमा स्वास्थ्य लाइभले सोमबार समाचार प्रकाशीत गरेको थियो । उक्त समाचार प्रकाशित भएलगत्तै स्वास्थ्य मन्त्रालयले विमानस्थलमा खुलेका ल्याबले संचालन अनुमति लिए नलिएको र मापदण्ड पुगे नपुगेको विषयमा अध्ययन गरी तीन दिन भित्र प्रतिवेदन दिन परिपत्र गरेको स्वास्थ्य मन्त्रालय गुणस्तर तथा अनुगमन महाशाखा प्रमुख डा. मदन उपाध्यायले जानकारी दिए ।

नेपालमा प्रयोगशाला सञ्चालन गर्न वा शाखा विस्तार गर्न राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट स्वीकृति लिएको हुनुपर्छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट स्वीकृति नलिएको र अनुगमन नभएको ल्याब सञ्चालन गर्नु अवैध कार्य हो । त्यस्तो ल्याव सञ्चालन भएको जानकारी पाउन साथ सम्बन्धीत निकायले कारबाही गर्नुपर्छ तर, कारबाही गर्ने हिम्मत कसैको देखिएको छैन । यस पटक स्वास्थ्य मन्त्रालयले देखाएको चासोले कुन हदसम्म काम गर्छ त्यसको निगरानी स्वास्थ्य लाइभले गर्नेछ ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com