स्वास्थ्य लाइभ प्रभाव

ग्लोवल फण्डको पैसा सरकारी संयन्त्रबाटै खर्च, महालेखाबाट अडिट गराउने तयारी

ग्लोवल फण्डले सरकारलाई दिने अर्बौं बजेटमा सेभ द चिल्ड्रेनको रजाईं अन्त्य हुने छाँट


काठमाडौं । सेभ द चिल्ड्रेनले रजाइँ गरिरहेको ग्लोवल फण्डले नेपाल सरकारलाई दिइएको अनुदान रकम सरकारी संयन्त्रबाटै खर्च गर्नेगरी सरकारले तयारी थालेको छ ।

सेभ द चिल्ड्रेनले मनलाग्दी खर्च गर्दै आएको ग्लोवल फण्डको अनुदान रकम महालेखा परीक्षकको कार्यालयबाट लेखापरीक्षण (अडिट) गराउने प्रस्तावसमेत तयार भएको अर्थ मन्त्रालय उच्च स्रोतले स्वास्थ्य लाइभलाई बतायो ।

महालेखा परीक्षकको कार्यालयले ग्लोवल फण्डले अनुदानमा उपलब्ध गराएको र सेभ द चिल्ड्रेनले चलाउँदै आएको उक्त बजेटको अडिट गर्न पाउनु पर्ने औंल्याएको थियो । स्वास्थ्य लाइभले ग्लोवल फण्डले सरकारलाई अनुदानमा दिएको पैसामा सेभ द चिल्ड्रेनले रजाइँ गरिरहेको, महालेखाबाट अडिट हुन नसकेको र सेभले नभइ सरकारले नै त्यो अनुदान प्रयोग गर्नु पर्नेलगायतका ‘इस्यु’ उठाउँदै आइरहेको छ । त्यो विषयमा महालेखालेसमेत अडिट गराउनु पर्ने माग गरेको छ । अहिले आएर सरकारले पनि ग्लोवल फण्डको अनुदान रकममा सेभ द चिल्ड्रेनको मनलाग्दी रोक्न खोजेको हो । यो कदमले ग्लोवल फण्डले सरकारलाई दिएको अनुदानको रकममा सेभ द चिल्ड्रेनको रजाईं अन्त्य हुने छाँट देखिएको छ ।

ग्लोवल फण्डले सरकारलाई दिने ८२.१ मिलियन ‘सेभ द चिल्ड्रेन’को कब्जामा रहेको कुरालाई स्वास्थ्य लाइभले बारम्बार उठाउँदै आएको छ । यो विषयमा पछिल्लो समय सरकार पनि  गम्भीर समिक्षा गरेको अर्थ मन्त्रालयका उच्च अधिकारीहरु बताउँछन् ।

स्वास्थ्य लाइभले ग्लोवल फण्डले सेभ द चिल्ड्रेनलाई दिएको रकमको हिसाब गोलमाल गरेको विषयमा विशेष खुलासा गरेको थियो ।

सरकारले पाउने अनुदान ‘एडमिन कस्ट’ मा मात्र सेभ द चिल्ड्रेनले ४ अर्ब खाएको तथ्यसमेत स्वास्थ्य लाइभले उजागर गरिसकेको छ । सेभ द चिल्ड्रेनमा ‘चिफ अफ पार्टी’को गैरकानुनी धन्दा चलाएको विषयसमेत सार्वजनिक भइसकेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुमति बिना नै सेभ द चिल्ड्रेनले ग्लोवल फण्ड हेर्नेगरी ‘चिफ अफ पार्टी’ मा विदेशी नागरिक नियुक्त गरेको तथ्य पनि स्वास्थ्य लाइभले सार्वजनिक गरिसकेको छ ।

क्याटेगोरी : समाचार, सुशासन

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com