अवैध रुपमा नेपाल बसेर सेभ द चिल्ड्रेनमा के गर्दैछन् भारतीय नागरिक किशोरे ?


काठमाडौं। भारतीय नागरिक कुनाल किशोरेको अवैध धन्दा नेपालमा अझै जारी रहेको पाइएको छ । सेभ द चिल्ड्रेनले मासिक ३० लाख तलब खानेगरी किशोरेलाई ग्लोवल फण्डको प्रोजेक्ट हेर्नेगरी चिफ अफ पार्टीको जिम्मेवारी दिएको तथ्य यसअघि नै स्वास्थ्य लाइभले खुलासा गरिसकेको छ ।

विषय विज्ञको विवाद कायमै रहेको बेला चिफ अफ पार्टीको हैसियतमा किशोरेले सेभ द चिल्ड्रेनमा अहिलेपनि काम गरिरहेको महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयका एक उच्च अधिकारीले स्वास्थ्य लाइभलाई बताए । नेपालमा सञ्चालनका रहेका परियोजनामा नेपालमा त्यो किसिमको विज्ञता भएको मान्छे नभएको अवस्थामा विदेशी विज्ञ नियुक्त गर्नुपर्नेमा नेपाल त्यस्ता विज्ञ प्रशस्तै रहेको अवस्थामा भारतीय नागरिकलाई नेपालमा सञ्चालित प्रोजेक्टमा महत्वपूर्ण जिम्मेवारी दिनु आपत्तिको विषय भएको ती अधिकारीले बताए ।

विषय विज्ञमा विवाद कायम रहेको र स्वास्थ्य सचिव रोशन पोखरेलले दोहोरो भूमिका निर्वाह गरेकाले किशोरेले चिफ अफ पार्टीको हैसियतमा नेपालमै बसेर काम गरिरहेको उनको भनाइ छ । विदेशी नागरिकले नेपालमा काम गर्दा श्रम स्वीकृति लिनुपर्नेमा श्रम विभागबाट किशोरेको हकमा श्रम स्वीकृतिसमेत नलिइएकाले उनले नेपालमा बसेर अवैध धन्दा चलाइरहेको भन्न मिल्ने जेष्ठ नागरिक मन्त्रालयका ती उच्च अधिकारीको तर्क छ ।

क्याटेगोरी : अन्तर्राष्ट्रिय, समाचार, सुशासन

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com