स्वास्थ्य लाइभले अन्तर्वार्ता लिएलगत्तै विमानस्थलका महाप्रबन्धकको सरुवा


काठमाडौं । स्वास्थ्य लाइभले अन्तर्वार्ता लिएलगत्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीको सरुवा भएको छ । तिवारीलाई कर्मचारी प्रशिक्षण प्रतिष्ठानको प्रमुखमा सरुवा गरेर उनको ठाउँमा भोलाप्रसाद गुरागाईँलाई पठाइएको छ ।

गुरागाईं नेपाल नागरिक उड्डयन प्राधिकरणको एभिएसन सेफ्टी एन्ड सेक्युरिटी विभाग प्रमुखको भूमिकामा थिए । प्राधिकरणका महानिर्देशक राजकुमार क्षेत्रीले तिवारीलाई सरुवा गरेर उनको ठाउँ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धकमा गुरागाईंलाई पठाएको प्राधिकरण उच्च स्रोतले स्वास्थ्य लाइभलाई बतायो ।

हेर्नुहोस् तिवारीसँग स्वास्थ्य लाइभले लिएको अन्तर्वार्ता:

मान्यता प्राप्त कुनै पनि ल्याबको रिपोर्टले दुबई उड्न पाइन्छ : महाप्रबन्धक तिवारी 

क्याटेगोरी : अन्तर्राष्ट्रिय, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com