जीवनबहादुर शाही: हुम्लाको पहिलो मन्त्रीदेखि कर्णालीको मुख्यमन्त्रीसम्म


काठमाडौं । डाक्टर बन्न छाडेर पाइलट बनेका जीवनबहादुर कर्णालीको मुख्यमन्त्री जेट हाँक्ने अवस्थामा पुगेका छन् । हुम्ला जिल्ला कै पहिलो मन्त्री बनेर इतिहास रचेका उनले हुम्ला कै पहिलो मुख्यमन्त्री बनेर अर्को इतिहास रचेका छन् ।

कर्णालीको स्वास्थ्य र शिक्षा क्षेत्रको सुधारमा निरन्तर लागिपरेका उनै शाहीले कर्णाली प्रदेशकोको मुख्यमन्त्री जेट उडाउने सौभाग्य प्राप्त गरेका छन् ।  अमेरिकाबाट पाइलटको ट्रेनिङ लिएर जेट हाँक्ने हैसियत बनाएका शाहीले दुर्गम प्रदेशका रुपमा परिचित कर्णाली प्रदेशको मुख्यमन्त्रीको जेट हाँक्ने अवसर पाएका छन् ।

कर्णाली क्षेत्रको विकासका लागि पाँच (व) को सुत्र अगाडि सार्दै आएका अनलाई स्वास्थ्य लाइभले एउटा नयाँ सुत्र थपिदिएको छ । उनको पाँच (व)को अवधारणाभित्र वाटो, विजुली, विचार, वन र वजार व्यवस्थापन पर्दछ । शाहीले अक्सर रुपमा यो अवधारणा अघि सार्दै आएका छन् ।  उनलाई स्वास्थ्य लाइभले कर्णालीको विकासका लागि छैटौं (व) को सुत्र दिएको छ त्यो भनेको विपन्न स्वास्थ्य हो ।

कर्णाली प्रदेश प्राकृतिक स्रोत साधनले हिसाबले भरिपूर्ण भएपनि स्वास्थ्य र शिक्षाका हिसाबले पिछडिएको क्षेत्र हो । त्यसैले उनले मुख्यमन्त्रीको हैसियतमा विपन्न नागरिकलाई सहज र सहुलियत रुपमा स्वास्थ्य सेवा प्रदान गर्नु पर्ने अर्को चुनौती थपिएको छ ।

वाटो, विजुली, विचार, वन र वजार व्यवस्थापनसँगै विपन्न स्वास्थ्यलाई पनि समेटेर नवनियुक्त मुख्यमन्त्री शाहीले कर्णालीको विकास, समृद्धि र विपन्न सेवामा विशेष भूमिका निर्वाह गर्न सक्ने सम्भावना देखिन्छ । हुम्लाको पहिलो मन्त्रीदेखि मुख्मन्त्रीसम्म बन्न सफल जीवनबहादुर शाहीले कर्णाली प्रदेशको स्वास्थ्य क्षेत्रमा विशेष सुधार , परिवर्तन र योगदान पुर्‍याउने छन् भन्ने विशेष अपेक्षा छ ।

शाहीले यसअघि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र खानेपानी तथा सरसफाइ मन्त्रालयको नेतृत्व गरिसकेका छन् । अब उनले देशकै पिछडिएको कर्णाली क्षेत्रको विकास र विस्तारमा स्वास्थ्य, शिक्षा र रोजगारीलाई विशेष प्राथमिकतामा राख्नुको विकल्प छैन ।

 

क्याटेगोरी : अन्तर्राष्ट्रिय, जीवनशैली, मेडिकल शिक्षा, विचार, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com