स्वास्थ्य लाइभ बहस

लुम्बिनीलाई मेडिकल टुरिजम हब किन नबनाउने ?

लुम्बिनीमा प्रसूति अस्पताल खोलेर त्यहाँ जन्मिएका बच्चाले बुद्धत्व प्राप्त गर्छ भन्ने सन्देश दिन सके डेलिभरी गराउन घुईँचो लाग्ने देखिन्छ


काठमाडौं ।  कोरोनाका कारण पर्यटन क्षेत्र सुस्ताएको अवस्था छ । नेपालको पर्यटन (टुरिजम) सेक्टरलाई पुनरुत्थान गर्न सरकारलेसमेत विशेष प्याकेज ल्याउन सकेको देखिँदैन।

नेपालको पर्यटनको सम्भावना बकेको एउटा ‘डेस्टिनेसन’ लुम्बिनी हो । लुम्बिनी  महामानव गौतम बुद्ध जन्मिएको ठाउँ हो लुम्बिनीलाई मेडिकल टुरिजमसँग जोड्न सके नेपालले आर्थिक, सांस्कृतिक, धार्मिक, ऐतिहसिक र स्वास्थ्यका हिसाबले ठूलो फड्को मार्ने देखिन्छ ।

लुम्बिनीमा विश्वस्तरीय प्रसूति अस्पताल खोलेर त्यहाँ जन्मिएका बच्चाले बुद्धत्व प्राप्त गर्छ भन्ने सन्देश विश्वभरी दिन सकेको खण्डमा बुद्धधर्ममा आस्था राख्नेहरुको लुम्बिनीमा खुलेको अस्पतालमा डेलिभरी गराउन घुईँचो लाग्ने देखिन्छ ।

श्रीलंका, भुटान, म्यानमार, चीन, कोरियालगायतका देशका बुद्धिस्टहरुलाई मात्र लुम्बिनीमा जन्मिएको बच्चाले बुद्धत्व प्राप्त गर्छ भन्ने सन्देश दिन सकियो भने नेपालले मेडिकल टुरिजम क्षेत्रमा ठूलो फड्को मार्न सक्ने सम्भावना छ ।

श्रीलंकालेसमेत लुम्बिनीमा ३० बेडको अस्पताल बनाउन प्रस्ताव गरेको छ । बेलायत भ्रमणमा रहेका नेपालका प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेटमा श्रीलंकाका राष्ट्रपति गुटावाया राजापाक्षले लुम्बिनीमा अस्पताल बनाउने प्रस्ताव राखेका छन् । राष्ट्रपति राजापाक्षको प्रस्तावलाई प्रधानमन्त्री देउवाल स्वीकारेसँग लुम्बिनीमा ३० बेडको अस्पताल बन्ने ढोका खुलेको छ ।

नेपालले लुम्बिनीमा एउटा गतिलो प्रसूति अस्पताल खोलेर लुम्बिनीमा जन्मको बच्चाले बुद्धत्व प्राप्त गर्छ भन्ने प्रचार प्रसार गर्न सकेको खण्डमा यसले आर्थिक र सांस्कृतिक अवस्थलईसमेत मजबुत बनाउँछ । साथै अस्पताल पनि राम्रोसँग चल्ने देखिन्छ ।

स्वास्थ्य लाइभले लुम्बिनीमा मेडिकल टुरिजमको विकास र विस्तारका लागि विशेष बहस चलाउने प्रयास गरेको छ । हामी  बुद्धसँग जोडेर स्तरीय प्रसूति अस्पताल खोली लुम्बिनीमा मेडिकल टुरिजमलाई कसरी प्रभावकारी बनाउन सकिन्छ भनेर  विज्ञहरूसँग विशेष बहस गर्ने छौं।

क्याटेगोरी : अन्तर्राष्ट्रिय, विचार, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com