जनगणनामा मातृ मृत्युदरको आँकलन यसरी हुँदैछ


काठमाडौं । यस पटकको राष्ट्रिय जनगणनामा मातृ मृत्युदरसमेत पत्ता लगाउने तयारी भएको छ ।

केन्द्रीय तथ्याङ्क विभागका निर्देशक ढुण्डीराज लमिछानेकाअनुसार  मातृ मृत्युदरको आँकलन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विज्ञ र केन्द्रीय तथ्याङ्क विभागको नेतृत्वमा हुनेछ । यसै कारण यस पटकको जनगणना ऐतिहासिक रहेको उनको तर्क छ । ‘नेपालले गरेको काम अरु देशलाई असल अभ्यास हुनेछ। हाम्रो लगनशिलता र मेहनत आवश्यक छ । अझ गणक र उत्तरदाताको भूमिका महत्वपूर्ण हुनेछ।’,  निर्देशक लामिछानेले भने ।

कार्तिक २५ देखि मंसिर ९ गतेसम्म हुन गइरहेको जनगणनामा मातृ मृत्युदर पत्ता लगाउन मन्त्रालय र विभागबीच सहमति र सहकार्य हुने भएको हो ।  गणकले मातृ मृत्यु भएको घरपरिवार पत्ता लगाई स्वास्थ्यकर्मीलाई सूचित गर्नु पर्ने निर्देशक लामिछानेले जानकारी दिए ।

गणकले मातृ मृत्यु भएको घरपरिवार स्वास्थ्यकर्मीलाई सूचित गरेपछि स्वास्थ्यकर्मीले उक्त घरमा गएर भर्वल अटप्सि अर्थात मृतकको परिवारसँग मुखैले सोधेर सम्पूर्ण विवरण लिनेछन् । साथै गर्भवती अवस्था, प्रसूति अवस्था वा सुत्केरी अवस्थाबाहेक अन्य अवस्थामा मृत्यु भएका केशहरूको नमूना सङ्कलन गरी स्क्रिनिङ गर्नुपर्ने छ ।

 

क्याटेगोरी : विविध, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com