पर्यटन बोर्डका ‘डन’ सिईओ रेग्मीलाई बर्खास्त गर्ने तयारी


काठमाडौं । चिकित्सकले मापसे गरेको रिपोर्ट दिएका पर्यटन बोर्डका सिईओ धनञ्जय रेग्मीलाई बर्खास्त गर्ने तयारी भएको छ ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले रेग्मीलाई मन्त्रालय बोलाएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको घटनाको विषयमा सोधपुछ गरेका थिए ।  उनले मन्त्री आलेसमक्ष चित्तबुझ्दो जवाफ नदिएपछि पर्यटन बोर्डको सञ्चालक समितिका अध्यक्षसमेत रहेका पर्यटन सचिव यादव कोइरालालाई लिखित स्पष्टीकरण सोध्न निर्देशन दिएको छन् ।

विमानस्थल भन्सार कार्यालयका नासु सुमन थापालाई थप्पड हानेकाले सिईओ रेग्मीमाथि अभद्र व्यवहारमा मुद्दा चलाउन चौतर्फी रुपमा आवाज उठेको छ । उनले प्रधानमन्त्रीको मानसिक स्वास्थ्यको विषयमासमेत अभद्र रिप्पणी गरेका थिए । अहिले फेरि भन्सारका कर्मचारीमाथि अभद्र व्यवहार र थप्पड हानेपछि सिईओ रेग्मीको असलियत सार्वजनिक भएको हो ।

मन्त्रालय उच्च स्रोतकाअनुसार मन्त्री आले पदीय मर्यादा र आचरण विपरीत काम गर्दै आएका सिईओ रेग्मीलाई बर्खास्त गर्न मुडमा देखिन्छन् । त्यसैले सचिव कोइरालालाई उनले लिखित स्पष्टीकरण माग्न निर्देशन दिएको  स्रोतको दाबी छ । मन्त्रीको निर्देशनसँगै सचिव कोइरालाले सिईओ रेग्मीलाई तीन दिने स्पष्टीकरण सोधिसकेका छन् । स्पष्टीकरणको जवाफ आएलगत्तै उनलाई हटाउने तयारी भएको हो ।

सिईओ रेग्मीले पर्यटन बोर्डका बसेर संस्थालाई क्षति पुर्‍याउने काम गरेको र दर्जनौं अनियमितताका कुरा आएकाले मन्त्री आले उनलाई बोर्डमा राखिरहने पक्षमा नरहेको मन्त्रालय स्रोतको भनाई छ ।

क्याटेगोरी : समाचार, सार्वजनिक सरोकार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com