पर्यटन बोर्डका सिईओ रेग्मीको दादागिरी: प्रधानमन्त्रीको मानसिक स्वास्थ्य जाँचदेखि नासुलाई थप्पडसम्म


काठमाडौं । मापसे गरेर विमानस्थल भन्सारका नासु सुमन थापालाई थप्पड हान्ने पर्यटन बोर्डका सिईओ धनञ्जय रेग्मीको विगतको विवादस्पद छबि उदांगिएको छ  । उनले प्रधानमन्त्री शेरबहादुर देउवाको मानसिक स्वारथ्यमाथि लजास्पद टिपण्णी गरेका थियो ।

सिईओको रेग्मीको फेसबुक स्टाटसमा देउवालाई तुच्छ शब्द प्रयोग गर्दै मानसिक स्वास्थ्य चेक गराउन सार्वजनिक रुपमै लेखेको थिए । त्यो विषयलाई स्वास्थ्य लाइभले यस अघि नै बाहिर ल्याइसकेको छ । फेरि उनले मापसे गरेर  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अर्को हर्कत देखाएका छन् ।

त्यस्तै टिचिङ हस्पिटलमा पुगेका कांग्रेस नेता जगदिश्वर नरसिंह केसीलगायतलाई भेडा भनेर सार्वजनिक रुपमै लेखेका थिए ।  चिकित्सा शिक्षा सुधारका अभियान्ता प्राडा गोविन्द केसीको आन्दोलनको सर्मथनमा नेता केसीको समूह टिचिङ हस्पिटलमा पुगेको थियो । त्यो बेला एभिन्युज टेलिभिजन प्रतिक्रिया दिँदै गरेका कांग्रेस नेता केसीको फोटो सेयर गर्दै रेग्मीले भेडाको संज्ञा दिएका हुन् ।

केसीलगायतलाई टिचिङ हस्पिटलमा जम्मा भएका भेडाहरूको संज्ञा दिएका पर्यटन बोर्डका सिईओ रेग्मीले फेरि विमानस्थल भन्सारका कर्मचारीलाई थप्पड हानेर आफ्नो औकात देखाएका छन् ।

पर्यटन बोर्डका सिईओ रेग्मीको गतिविधि हेर्दा उनी सार्वजनिक पदमा बस्न योग्य देखिँदैनन् । उनको आचरणमाथि लगातार प्रश्न उठेकाले सिईओ रेग्मीलाई तत्काल बर्खास्त गर्नुपर्ने देखिएको पर्यटन मन्त्रालयका एक उच्च अधिकारीको टिप्पणी छ । ‘पर्यटन बोर्डका सिईओ रेग्मीले डियुटीमा रहेका विमानस्थल भन्सारका कर्मचारीमाथि  अभद्र व्यवहार गरेको पाइएको छ’, ति अधिकारीले भने, ‘उनलाई अभद्र व्यवहारमा मुद्दा चलाउन सरकारले तत्काल कदम चाल्नुपर्ने देखिन्छ ।’,

विमानस्थलमा अभद्र व्यवहार गरेको विषयमा नासु थापा र सिईओ रेग्मीलाई बोलाएर पर्यटनमन्त्री प्रेम आलेले सोधपुछ गरेका छन् । तर मन्त्री आलेले उनीमाथि के ‘एक्सन’ लिन्छन् भन्ने विषय बाहिर आइसकेको छैन । रेग्मीको आचरण हेर्दा उनी पर्यटन बोर्डको सिईओको रुपमा कुर्सीमा बसिरहन उपयुक्त देखिँदैनन् ।

क्याटेगोरी : अन्तर्राष्ट्रिय, मेडिकल शिक्षा, समाचार, सुशासन

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com