निजामतीको सिभिलपछि शिक्षक अस्पताल बनाउने तयारी 


काठमाडौं । निजामती कर्मचारीका लागि खोलिएको सिभिल अस्पतालको नक्कल गर्दै सरकारले शिक्षकका लागि छुट्टै अस्पताल खोल्ने तयारी सुरु गरेको छ ।

अर्थमन्त्री जनार्दन शर्माले बजेममार्फत  शिक्षकका लागि छुट्टै अस्पताल बनाइने घोषणा गरेका थिए । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शिक्षकका लागि अस्पताल खोल्ने प्रक्रिया अघि बढाएका छन् । उनले अस्पताल स्थापना गर्नका लागि आवश्यक जग्गा व्यवस्थापन गर्न विमल चालिसेको संयोजकत्वमा ५ सदस्यीय समितिसमेत गठन गरिसकेका छन् । समितिलाई काठमाडौं उपत्यका भित्र उपयुक्त ठाउँमा जग्गा खोज्न भनिएको मन्त्रालय स्रोतले स्वास्थ्य लाइभलाई बतायो ।

शिक्षकका लागि भनेर सरकारले अर्बौं लागतको छुट्टै अस्पताल स्थापना गर्न खोजेको हो । पछिल्लो समय आर्मी, प्रहरी, कर्मचारी हुँदै शिक्षकका लागि पनि विशेष अस्पताल खोल्न खोजेको देखिन्छ । यो विषयमा प्रयाप्त बहस र आवश्यकताको पहिचान भने हुन सकेको छैन ।

क्याटेगोरी : मेडिकल शिक्षा, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com