लाइसेन्स लिएका चिकित्सक खोज्दै मेडिकल काउन्सिल


काठमाडौं । नेपाल मेडिकल काउन्सिलले लाइसेन्स लिएका चिकित्सक खोज्न थालेको छ । काउन्सिलले एक महिनाभित्र आफ्नो सम्पर्कमा आउन भनेको हो ।

मेडिकल काउन्सिलले मृत्यु भएको, व्यवसाय छाडेको अथवा परिवर्तन गरेको विषयमा पत्ता लगाउन खोजेको जनाएको छ ।त्यस्ता चिकित्सकको नाम हटाए पनि लाइसेन्स नम्बर अरुलाई नदिइने काउन्सिलले स्पष्ट पारेको छ ।

काउन्सिलका रजिष्ट्रारले हस्ताक्षर गरेको विज्ञप्तिमा काउन्सिलमा ३० हजार चिकित्सकको नाम दर्ता भएपनि कुन चिकित्सक कुन हैसियतमा कार्यरत हुनुहुन्छ भन्ने जानकारी दुरुस्त राख्नका लागि सहयोग गर्न सबै चिकित्सलाई आग्रह गरिएको छ ।

क्याटेगोरी : मेडिकल शिक्षा, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com