कर्णालीको निमित्त उपकुलपतिमा डा थापा


काठमाडौं । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका अयोग्य पदाधिकारीलाई दैनिक कामकाजमा रोक लगाएसँगै निमित्त उपकुलपतिको जिम्मेवारी डा. निरेश थापालाई दिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीवार रिक्त रहेको उपकुलपतिमा अर्को व्यवस्था नहुँदसम्म कामकाज गर्न प्रतिष्ठानका शिक्षाध्यक्ष डा. थापालाई जिम्मेवारी दिएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले मन्त्रीस्तरिय निर्णय गर्दै डा. थापालाई निमित्त कार्यबहाकको रुपमा जिम्मेवारी दिएका हुन् । स्वास्थ्य लाइभले उपकुलपति डा. मंगल रावलको योग्यतामाथि प्रश्न उठाएपछि स्वास्थ्य मन्त्रालयले कामकाजमा रोक लगाएको थियो ।

उनको मुद्दासमेत अदालतमा रहेको र अदालतको आदेशलाई लत्याउँदै योग्ता नपुगेका डा. रावललाई तत्कालीन प्रधानमन्त्री केपी ओलीले उपकुलपतिमा नियुक्त गरेको भन्दै स्वास्थ्य लाइभले प्रश्न उठाउँदै आएको थियो ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com