कोरोनामा भागेका मेडिकल विद्यार्थीको अनलाइन पढाइ नेपालले नमान्ने


काठमाडौं । कोरोनाको समयमा चीनबाट भागेका मेडिकल विद्यार्थीको अनलाइन पठनपाठनलाई नेपालले नमान्ने भएको छ । अनलाइन पढाइ मान्दिनुपर्ने भन्दै विभिन्न चरणमा आन्दोलन गर्दै विद्यार्थीहरु आएका थिए ।

विहीवार शिक्षा मन्त्रालयमा बसेको बैठकले मेडिकल जस्तो क्षेत्रमा अनलाइन पढाइ मान्न नसकिने निष्कर्षमा सरकार पुगेको हो । कोरोनामा ‘भाग्ने’ मेडिकल विद्यार्थीलाई चीनले लिन नमानेपछि नेपाललाई समस्या परेको छ ।

चीनमा कोरोना भाइरस फैलिएपछि नेपाल सरकारले उद्धार गरेका र पछि बीचैमा पढाई छाडेर आएका विद्यार्थीलाई चीनले फेरि लिन नमानेको हो । यस्ता १५० जना विद्यार्थी छन् ।

१५० जना विद्यार्थीलाई के गर्ने भन्ने विषयमा बैठक बसेको थियो । पढ्दै नपढेका विद्यार्थीलाई इन्टर्नको भरमा लाइसेन्स दिनु पर्ने अवस्था सिर्जना भएपछि सरकार हच्किएको हो । सरकारले २०१४ र २०१५ ब्याचका विद्यार्थीलाई नेपालमै इन्टर्न गर्ने व्यवस्था मिलाइसकेको छ । अब २०१६ ब्याजका विद्यार्थीलाई इन्टर्न गराउन दबाब सुरु भएको छ ।

६ वर्षको कोर्षमा झन्डै तीन वर्ष मेडिकल शिक्षा पढ्न बाँकी नेपाली विद्यार्थीलाई अनलाइन पढेको आधारमा लाइसेन्स दिनुपर्ने अवस्था आउँन लागेपछि सरकारले त्यसलाई मान्यता नदिने निर्णय गरेको हो ।

मेडिकल काउन्सिलका रजिष्ट्रार डा. कृष्ण अधिकारीका अनुसार जति विद्यार्थीहरुले चीनमा अध्ययन गरे त्यसलाई मान्ने तर बाँकी अवधि पनि पढ्नै पर्ने निर्णय भएको छ । उनीहरुलाई नेपालमा पढाउने वा नपढाउने भन्नेमा निर्णय भएको छैन ।

नेपालमा पढ्नका लागि पनि सिट खाली हुनुपर्नेछ । त्यस्तै विश्वविद्यालयहरुले पनि पढाउने निर्णय गर्नुपर्ने छ । बाँकी अवधिको रकम कसले व्यहोर्ने भन्नेमा पनि निर्णय भएको छैन ।

क्याटेगोरी : अन्तर्राष्ट्रिय, मेडिकल शिक्षा, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com