पैसा खुवाएर डा. रावल कर्णालीको उपकुलपति बनेको आरोप

'पैसाबीना नेपालमा केही हुँदैन रहेछ'


प्राडा रामप्रसाद उप्रेतीले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लाको उपकुलपति (भिसी) बन्न डा. मंगल रावलले पैसा खुवाएको आरोप लगाएका छन् ।

केपी ओली र उनको सल्लाहकार मण्डलीले योग्यता नै नपुगेको एसिस्टेन्ट प्रोफेसर रावललाई भिसी बनाएको उनले सुनाए  । एसिस्टेन्ट प्रोफेसर भिसी हुन  योग्य (इलिजिबल) नै नहुने स्पष्ट पार्दै प्राडा उप्रेतीले पैसाबीना नेपालमा केही नहुन दाबी गरे ।

उपकुलपति रावल र रजिष्ट्रार नृपेन्द्र महत मन्दिर कोठामा गएर रून थालेपछि दयालु मन गरेर मुद्दा फिर्ता लिएको उनको भनाइ छ । भिसीको पोष्ट गएपछि त रजिष्ट्रारको पनि  जाने भएकाले दुबै जना पद जोगाउन रोइकराई गरेको उप्रेतील बताए । मुद्दा फिर्ता लिँदा फरेन डिपार्टमेन्टको डाइरेक्टर बनाउछु भनेर प्रलोभन देखाएर अहिले नबनाएको उनको आरोप छ ।

सर्वोच्च अदालत (सुप्रीम कोर्ट)मा मुद्दा हालेर स्टे अर्डर भएपछि त्यो मान्छे (डा. रावल)को भिसी रोकिएको बताउँदै भिसी नभएको आक्रोश जीवनभर हुने प्राडा उप्रेतीको भनाइ छ । उनले अघि थपे, ‘किनभने एउटा एसिस्टेन्ट प्रोफेसरलाई ल्याएर भिसी बनाए । त्यो पनि पैसा खुवाएको रहेछ नि बुझे नि कुरा । त्यस्ता उरेन्ठेउलालाई भिसी बनाउँछन्, रजिष्ट्रार बनाउँछन्’

महाराजगन्ज मेडिकल कलेजको चिफ भएर ४५ वर्ष विताएको र आफू कमाउनका लागि कर्णाली नगएको उप्रेतीको भनाइ छ । कर्णालीमा योगदान हुनुपर्छ भनेर मात्रै भिसी हुन खोजेको उनको जिकिर छ ।

प्राडा उप्रेतीले आफूलाई साउनदेखि अहिलेसम्म तलब नै नदिएको जनाउदै दिन्छु भनेको कुरा नदिएकोमा आक्रोश पोखे । त्यस्ता उरेन्ठेउलालाई भिसी रजिष्ट्रार बनाउँछन् भने यिनीहरुले भन्दै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र उनको टिमप्रति उनी आगो भएका छन् । अब सबै पोल खोल्ने प्राडा उप्रेतीको उद्घोष छ ।

रावलप्रति डा. उप्रेतीको  आरोप 

कर्णालीमा काम गर्दा गर्दै भिसीको पोष्ट खाली भयो ।भिसी बन्न म जस्ता २१ जनाले एप्लाई गरे तर भिसी बनायो कसलाई भन्दा एसिस्टेन्ट प्रोफेसरलाई । एसिस्टेन्ट प्रोफेसरले इलिजिबल नै हुँदैन एसोसिएट प्रोफेसर चाहीँ भएको हुनुपथ्र्यो । त्यसपछि भएन भनेर मुद्दा मैले सुप्रिम कोर्टमा हाले । चोलेन्द्र शम्शेरज्यूलाई धन्यवाद दिन्छु, अन्तरिम आदेश (स्टे-अर्डर) भयो ठ्याक्र्‍याकै ।

स्टे-अर्डर भइसकेपछि त्यो मान्छेको भिसी रोकियो तर २० गते स्टे-अर्डर २२ गते केपी ओलीजीले उहाँलाई भिसी बनाउनु भयो । उहाँका सल्लाहकार मण्डलीले बनायो । त्यतिकै बनाएको छैन । राजनीतिक स्वार्थ एउटा आर्थिक स्वार्थ अर्को बुझियो । पैसाबीना केही हुँदोरहेछ नेपालमा बुझियो । अनि भिसी बनायो ।

त्यो भिसीले पछि युवा संघको उपाध्याक्षलाई रजिष्ट्रार बनायो । भिसीको सिफारिसमा रजिष्ट्रार हुन्छ । भिसीको पैसा गएपछि त रजिष्ट्रारको पनि जाने भयो । दुबै जना यही घरमा आए । भित्र मन्दिर कोठा छ । मन्दिर कोठामा रुदै के भने भने हजुर म छोरो हो भाइ हो । मुद्दा झिकिदिनुस । म दयालु मान्छे । भिसीले नै त्यसो भन्छन् भने म तेह्रथुमको मान्छे जुम्लामा गएर के मुद्दा खेल्नु । जीवनमा कहिल्यै मुद्दा नखेलेको मान्छे भैहाल्यो त तर राम्रो काम गर हैं भन्याथे मैले मुद्दा झिकिदिए ।

त्यसपछि साउनदेखि अहिलेसम्म मलाई तलब दिएनन् । काजमा रखिदिन्छु भन्यो अस्ति गए । हाजिर गरे थमप्रिन्ट गरे । रेकर्ड छ काम गरे । मेरै कारणबाट मेडिकल काउन्सिलले एमबीबीएस हालेको छ । मैले नै त्यहाँ लजिक हालेको थिए । साउनदेखिको तलब पाएको छैन त्यो मुद्दा झिकेको कारण हो ।

क्याटेगोरी : मेडिकल शिक्षा, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com