रेबिजबिरुद्धको निःशुल्क खोप अब ९ स्थानबाट दिइने


काठमाडौं । सरकारले टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालबाट मात्र निःशुल्क प्रदान गरिएको रेबिजबिरुद्धको खोप अब काठमाडौं बाहिर ९ स्वास्थ्य संस्थाबाट दिने भएको छ ।

स्वास्थ्यमन्त्री विरोध खतिवडाले ९ वटा स्वास्थ्य संस्थाबाट रेबिजबिरुद्धको इम्युनोग्लोबुलिन खोप निःशुल्क दिने उद्‌घोष गरेका छन् । स्वास्थ्य  तथा जनसंख्या मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै उनले त्यो कुरा सार्वजनिक गरेका हुन् ।

मन्त्री खतिवडाकाअनुसार प्रदेश एकमा काेशी अस्पताल, प्रदेश दुईमा जनकपुर प्रादेशीक अस्पताल, र नारायणी अस्पतालबाट रेबिजबिरुद्धको इम्युनोग्लोबुलिन खोप निःशुल्क पाइने छ । त्यस्तै  बाग्मतीमा मदनभण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान तथा भरतपुर अस्पताल, गण्डकीमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, लुम्बिनीमा लुम्बिनी अस्पतालबाट समेत उक्त खोप नि:शुल्क पाइने छ ।

कर्णाली प्रदेशको सुर्खेत अस्पताल, सदूरपश्चिमको सेती प्रादेशिक अस्पतालबाट रेबिजबिरुद्धको इम्युनोग्लोबुलिन खोप निःशुल्क दिइने स्वास्थ्यमन्त्री खतिवडाको भनाइ छ ।

पहिला टेकुबाट मात्र प्रदान गरिदै आएको उक्त खोप सर्वसाधारणको पहुँमा पुर्‍याउने उद्देश्यले विस्तार गरिएको मन्त्री खतिवडाले बताए । स्वास्थ्य मन्त्रालयको आँकडा अनुसार नेपालमा रेबिज रोगबाट वर्षेनी १५ देखि २० जनाको मृत्यु हुने गरेको छ ।

क्याटेगोरी : प्रदेश, मेडिकल शिक्षा, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com