अस्पतालको मुहार फेर्ने टेकुका निर्देशक हटाउने तयारी


काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पताल, टेकुको निर्देशक फेर्ने तयारी गरेका छन् । त्यस्तै समन्वय महाशाखा प्रमुख रिता भण्डारी जाेशी पनि हटाउने तयारी थालेेका मन्त्राालय उच्च  स्रोत बताउँछ ।

अस्पताल निर्देशकको जिम्मेवारी पाएको छोटो समयमा बास्ताेलाले सुधार गरेका छन् ।

अध्यारो कोठाबाट बाहिर निकालीएको फार्मेसी

निर्देशक डा. बास्तोलाले अस्पतालको फार्मेसीदेखि, क्वार्टरसम्म व्यवस्थित बनाएर छोटो समयमै टेकु अस्पतालको मुहार फेरेका छन् ।

झाडिभित्र रहेको क्वार्टर सफाइपछि

कोरोना कालमा अब्बल अस्पतालको रुपमा टेकुलाई स्थापित गर्न डा. बास्तोलाको विशेष भूमिका रहेको छ । निजी अस्पताल र अन्य सरकारी अस्पतालले गेटमै ताल्चा ठोकेर कोरोना संक्रमितलाई अछुत व्यवहार गरेपनि टेकुले उचित व्यवस्थापन गर्यो, गरिरहेको छ ।

कोभिडको सुरुवातमा कसैले बिरामी छुन नखोज्दा बिरामी हेर्दै डा अनुप

कोभिड युनिटको नेतृत्व गरेर अस्पतालमा भर्ना हुन आउने बिरामीलाई त्यहीँ व्यवस्थापन गर्न उनले महत्त्वपूर्ण भूमिका निर्वाह गरे । उनलाई इमर्जेन्सी विभागका प्रमुख लिलानाथ भण्डारी र अक्सिजनमा प्रकाश शर्माले काद थापेका थिए । भूमाफियाका कारण बर्षौदेखि टेकु अस्पतालको जग्गा कति भन्ने सम्म जानकारी थिएन ।

डा. बास्तोलाले निर्देशकको जिम्मेवारी सम्हाले लगत्तै अस्पतालको जग्गा खोज्नमा लागे । पर्याप्त जग्गा निस्किए पछि ३ सय सैयाको सरुवा रोग अस्पताल टेकु परिसरमै बनाउने काम अगाडी बढाए । यसले गर्दा पनि उनिप्रति भूमाफिया एकजुट भएर हटाउन लागि परेका छन् ।अस्पतालमा बेडको अभाव हुँदा आँगनमै राखेर उपचार गरे तर, अस्पताल पुगेका बिरामीलाई निरास बनाएर घर फर्काएनन् । सुरूमा चिकित्सकले कोभिड बिरामी छुदैनथे । डा. बाँस्तोलाले भने अँगालो हालेरै उपचार सेवा दिए ।

मध्यरातसम्म अस्पतालमा बसेर बिरामीको सेवामा समर्पित एक चिकित्सकमाथि स्वास्थ्यमन्त्री खतिवडाले अपमानको बाण प्रहार गर्न खोजेका छन् ।

मध्यरातमा पनि अस्पताल पुगेर काम गरे

नेकपा एकीकृत समाजवादीका अन्य मन्त्रीले बिरामीका सेवक खोस्न खोजेका हुन् । मन्त्रालय कब्जा गरेर बसिरहेका एनजिओ, आईएनजिओसँग निरीह बनेका स्वास्थ्यमन्त्री निरन्तर सेवामा जुटिरहेको एउटा चिकित्सकमाथि खनिएका छन् । डाक्टर बास्तोला एक उदारणीय पात्र मात्रै हुन् ।

आइएनजीओले कब्जा गरेको मन्त्रालयको क्षेत्र

विमानस्थलमा अवैध रूपमा खुलेको क्रिष्टल ल्याबले ठगी धन्दा चलाउँदा मौन बस्ने स्वास्थ्यमन्त्रीको निशानामा टेकु अस्पतालको निर्देशक पर्नु आश्चर्यको विषय भएको स्वास्थ्य मन्त्रालयका अधिकारीहरु बताउँछन् । स्वास्थ्यमन्त्रीको अकर्मण्यताका कारण विमानस्थलमा खुलेका ल्याबको पिसिआर शुल्क पर्यटनमन्त्री प्रेम आलेले तोक्नु परेको थियो ।

विमानस्थलका अवैध ल्याव

मन्त्रालयका महत्त्वपूर्ण कोठा आइएनजिओले कब्जा गरेपछि अशक्त नागरिक आएर बस्ने आगन्तुक कक्ष कब्जा गर्ने तयारीमा स्वास्थ्यमन्त्री खतिवडाको सचिवालय रहेको छ । माधव नेपालको पार्टीबाट मन्त्री बनेका अन्यमन्त्रीले जनताको हितमा काम गरेर स्यबासी कमाइरहेका बेला स्वास्थ्यमन्त्री खतिवडा जनताको भगवान खोस्ने चलखेलमा जुट्नुले उनिमाथी अनेक प्रश्न उब्जेका छन् ।

माथिल्लो पुरानो स्टोर तल्लो नयाँ स्टोर

टेकु अस्पताल निर्देशक फेरेर आफ्नो छबि उदांगो पार्ने काममा उनी लागेका छन् । स्वास्थ्यमन्त्री खतिवडा जनताको भावनामा खेलबाड गर्न खोज्दैछन् ।

क्याटेगोरी : मेडिकल शिक्षा, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com