डा. लोहनीलाई निमित्त दिएर स्वास्थ्य सचिव पोखरेल जेनेभा जाँदै


काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निमित्त सचविको जिम्मेवारी डा. गुणराज लोहनीलाई दिइएको छ ।

स्वास्थ्यको बाह्रौं तह ( प्रमुख विशेषज्ञ)मा डा. श्यामसुन्दर यादव र भीमसिंह तिंकरीपछिको बरियतामा रहेका डा. लोहनीलाई निमित्तको जिम्मेवारी दिएर सचिव डा. रोशन पोखरेल भोलि जेनेभा उड्न लागेका हुन्।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. कृष्ण प्रसाद पौडेललाई साथमा लिएर सचिव पोखरेल शनिबार विश्व स्वास्थ्य सम्मेलनमा भाग लिन जेनेभा उड्दै छन् ।

सरकारले विश्व स्वास्थ्य संगठनको आयोजनामा स्विट्जरल्याल्डको जेनेभामा २९ नोभेम्वर देखि डिसेम्वर २०२१ अर्थात ०७८ मंसिर १३ देखि १५ गतेसम्म संचालन हुने विश्व स्वास्थ्य सम्मेलनको विशेष शत्रमा भाग लिन स्वास्थ्य सचिव डा.  पोखरेल र प्रवक्ता डा. कृष्ण प्रसाद पौडेललाई पठाउने निर्णय  गरेको थियो । सरकारले विश्व स्वास्थ्य सम्मेलनमा भाग लिन सचिव पोखरेललाई पठाउने निर्णय गरेपछि डा. लोहनीलाई निमित्त सचिवको जिम्मेवारी प्रदान गरिएको हो ।

तीन दिनसम्म जेनेभामा चल्ने विषेश सत्रमा नेपालबाट भौतिक उपस्थितिमा दुई जना र नेपालबाटै भर्चुअल रुपमा ५ जना र फोकल पइन्ट एक जना मनोनयन गरिएकाे छ ।

नेपालबाटै भर्चुअल रुपमा भाग लिनेहरुमा भने स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दीपेन्द्ररमण सिंह, परिवार कल्याण महाशाखाका निर्देशक डा. विवेक कुमार लाल, डा. गुणनिधि शर्मा, बरिष्ठ स्वास्थ्य प्रशासक भीम सापकोटा, समन्वय महाशाखा प्रमुख फोकल पइन्ट रीता भण्डारी जोशी रहेका छन् ।

क्याटेगोरी : मेडिकल शिक्षा, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com