भीम रावलले नमस्ते गरेर भोट माग्दै गरेको भाइरल फोटो कसको हो ?


काठमाडौं । चितवनमा सुरू भएको नेकपा एमालेको १० औं महाधिवेशनमा अध्यक्षका प्रत्यासी भीम रावलले नमस्ते गरेर भोट माग्दै गरेको एउटा फोटो अहिले चर्चामा छ ।

मूलधारका मिडियादेखि सामाजिक सञ्जालमा एमाले अध्यक्षमा केपी शर्मा ओलीको प्रतिस्पर्धीको रुपमा रावलले नमस्ते गरेको एउटा फोटो भाइरल भएको हो । फोटोमा रावल र अर्का व्यक्ति दुवैले हात जोडेर नमस्ते गरेको देखिन्छ । उक्त फोटोमा रावलसँगै दुई हात जोडेर नमस्तेको पोजिसनमा देखिएका अर्का नेपाल मेडिकल काउन्सिलका रजिष्ट्रार डा. कृष्ण अधिकारी रहेको खुल्न आएको छ । अधिकांश मिडियाले प्रयोग गरेको त्यो फोटोमा रावल र अधिकारी एक अर्कालाई नमस्ते गर्दै गरेको देखिन्छ ।

नमस्ते गर्देै रजिष्ट्रार अधिकारी

काठमाडौंमा मेडिकल काउन्सिलको नयाँ उपाध्यक्ष र सदस्यका लागि चुनाव भइरहँदा  काउन्सिलका रजिष्ट्रार अधिकारी भने चितवनमा जारी एमाले महाधिवेशनमा देखा परेका छन् ।मेडिकल काउन्सिलमा रहेको चिकित्सको विवरण दुरुपयोग गरिएको भन्दै चौतर्फी चर्चा र बहस भइरहेको अवस्थामा रजिष्ट्रार अधिकारीको नमस्ते गरेको फोटोलेसमेत थप चर्चा पाएको छ ।

 

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com