स्वास्थ्य सचिव र प्रवक्ता जेनेभा प्रस्थान


काठमाडौं  । स्वास्थ्य तथा जनसंख्या सचिव डाक्टर राेशन पाेखरेल र प्रवक्ता डाक्टर कृष्ण पाैडेल जेनेभा प्रसथान  गर्न लागेका छन् । अहिले राति ११ बजे जेनेभा जान उनीहरू विमानस्थल पुगेका छन् ।

सरकारले विश्व स्वास्थ्य संगठनको आयोजनामा स्विट्जरल्याल्डको जेनेभामा २९ नोभेम्वर देखि डिसेम्वर २०२१ अर्थात ०७८ मंसिर १३ देखि १५ गतेसम्म संचालन हुने विश्व स्वास्थ्य सम्मेलनको विशेष शत्रमा भाग लिन स्वास्थ्य सचिव डा. पोखरेल र प्रवक्ता डा. पौडेललाई पठाउने निर्णय  गरेको थियो ।

तीन दिनसम्म जेनेभामा चल्ने विषेश सत्रमा नेपालबाट भौतिक उपस्थितिमा दुई जना र नेपालबाटै भर्चुअल रुपमा ५ जना र फोकल पइन्ट एक जना मनोनयन गरिएकाे छ ।

नेपालबाटै भर्चुअल रुपमा भाग लिनेहरुमा भने स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दीपेन्द्ररमण सिंह, परिवार कल्याण महाशाखाका निर्देशक डा. विवेक कुमार लाल, डा. गुणनिधि शर्मा, बरिष्ठ स्वास्थ्य प्रशासक भीम सापकोटा, समन्वय महाशाखा प्रमुख फोकल पइन्ट रीता भण्डारी जोशी रहेका छन् । <span;>निमित्त सचविको जिम्मेवारी डा. गुणराज लोहनीलाई दिइएको छ ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ