नेपाली नागरिकलाई विदेश भ्रमणमा प्रतिबन्ध !


काठमाडौं । सरकारले सबै नागरिकलाई अत्यावश्यक कामबाहेक विदेश भ्रमण नगर्न र सावधानी अपनाउन अपिल गरेको छ।

कोरोना भाइरसको ओमिक्रोन भेरिएन्ट संक्रमण तीब्र रुपमा फैलिदैं गएको कारण देखाउँदै सरकारले नेपाली नागरिकलाई अत्यावश्यक कामबाहेक विदेश भ्रमण नगर्न भनेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै जनस्वास्थ्यका मापदण्ड पालना गर्नसमेत आग्रह गरेको छ ।मन्त्रालयले ओमिक्रोन भेरिएन्ट बढी संक्रामक रहेको र सबै उमेर समूहका व्यक्तिहरुमा असर पर्ने देखिएको जनाएको छ ।

ओमिक्रोन भेरिएन्ट संक्रमण नेपालमा भित्रिन नदिन मन्त्रालय तथा सरकारका अन्य निकायहरुले आवश्यक निगरानी तथा परीक्षणको दायरा फराकिलो पारेको विज्ञप्तिमा उल्लेख छ ।

अफ्रिकी मुलुकमा पहिचान गरिएको यस भेरियन्टलाई विश्व स्वास्थ्य संगठनले नै विश्वव्यापी ‘भेरिएन्ट अफ कन्सर्न’ भनी घोषणा गरिसकेका कारण यसलाई नेपालमा प्रवेश हुन नदिन र जनजीवनलाई सामान्य राख्न तत्काल भ्रमण नगर्न मन्त्रालयले आग्रह गरेको हो।

क्याटेगोरी : अन्तर्राष्ट्रिय, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com