स्वास्थ्यमन्त्री विरोधमाथि पैसा उठाउन लागेको खगराजको आरोप

'स्वास्थ्यमा कर्मचारी धम्क्याएर पैसा उठाउन विराेध खतिवडा नाङ्गै भएर लाग्यो'


काठमाडौं । पूर्व स्वास्थ्यमन्त्री खगराज अधिकारीले स्वास्थ्यमन्त्री विरोध खतिवडामाथि पैसा उठाउने धन्दामा लागेको आरोप लगाएका छन् । उनले स्वास्थ्य लाइभसँग कुरा गर्दै स्वास्थ्यमन्त्री खतिवडाले भरतपुरसहितका अस्पतालका निर्देशकहरूसँग पैसा मागेको दाबी गरेका छन् ।

‘स्वास्थ्य मन्त्रालय नै नबुझेका खतिवडाले कोभिडको सामना गरिरहेका अस्पतालका निर्देशकहरूलाइ ७२ घन्टे स्पष्टीकरण सोधेर धम्काइ रहेको जानकारी प्राप्त भएको छ ।’, पूर्व स्वास्थ्यमन्त्री अधिकारीले भने,  ‘मन्त्रीका गतिविधि हेर्दा स्वास्थ्य मन्त्रालय अहिले पैसा उठाउन लागेको छ । यो खेदजनक छ ।’,

यो कुरा उनले सामाजिक सञ्जाल ट्वीटरमार्फत पनि सार्वजनिक गरेका छन् ।

स्वास्थ्य मन्त्रालयबाट अस्पताल र स्वास्थ्यका जिम्मेवार पदमा बसेका व्यक्तिलाई पैसा माग्ने र नदिए सरुवा गर्ने काम भइरहेको उनको भनाइ छ ।

पैसा उठाउन विराेध खतिवडा नाङ्गै भएर लाग्याे

स्वास्थ्यमन्त्री विराेध खतिवडाले स्वास्थ्य मन्त्रालयमा बसेर पैसा उठाउने काम मात्रै गरिरहेकाे खबरहरु प्राप्त भएका छन् । गंगालाल अस्पताल, भरतपुर अस्पताल, भरतपुर क्यान्सर अस्पताल, राष्ट्रिय जनस्वास्थ्य प्रयाेगशाला, टेकुलगायतका प्रमुखहरुलाई निरन्तर धम्की दिन थालेका छन् ।

स्वास्थ्यमा बसेर विराेध खतिवडा पैसा उठाउन नाङ्गै भएर लागेकाे छ । बेलुका राम्रै जलपान गर्ने साथी हाे । उसले पैसाबाहेक केही देखेकाे छैन र देख्दैन पनि । स्वास्थ्य मन्त्रालय र यसकाे कार्यक्षेत्र के हाे भन्नेसम्म बुझ्न सकेन ।

स्वास्थ्य मन्त्रालय प्राविधिक मन्त्रालय भएकाले राजनीतिक कुराले कुनै काम गर्दैन । परम्परागत रुपमा कमाउने व्यक्तिहरु सचिवालयमा राखिएकाे छ, जसकाे काम कर्मचारी सरुवा र धम्याएर उठाउने रहेको छ ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुका निर्देशक डा. अनुप बाँस्तोलाको सरूवा गर्दा २५ लाखको चलखेल भएको आरोप लाग्दै आएको छ । विश्वस्त स्रोतबाट सूचना पाएर यो विषय स्वास्थ्य लाइभले सार्वजनिक गरिसकेको छ । यो आरोप र खगराजको दाबीबीच ताममेल देखिएकाले स्वास्थ्यमन्त्री खतिवडा कमाउ धन्दामा लागेका हुन् कि भन्ने आशंकामा बल पुगेको छ ।

 

क्याटेगोरी : मेडिकल शिक्षा, समाचार, सुशासन

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com