संसदमै गुट्खा खाने शशांक कोइरालालाई के सजाय होला ? (भिडिओसहित)
	
                                            काठमाडौं । सुर्तीजन्य पदार्थ (नियन्त्रण तथा नियमन गर्ने) ऐन, २०७६ ले सार्वजनिक स्थलमा धूम्रपान तथा सुर्ती सेवन गर्न निषेध गरेको छ ।
सुर्तीजन्य पदार्थ (नियन्त्रण तथा नियमन गर्ने) ऐनले सरकारी निकाय, संस्था वा कार्यालयलाई सार्वजनिक निकाय मानेको छ । तर, सांसद शशांक कोइरालाले ऐनले सार्वजनिक स्थान मानेको संसद भवनभित्रै बैठक चलिरहेको बेला गुट्खा खाएको भिडिओ बाहिरिएको छ ।

भिडिओ स्रोत लोकान्तर
सुर्तीजन्य पदार्थ (नियन्त्रण तथा नियमन गर्ने) ऐन, २०७६ ले गुट्खालाई पनि सुर्तीजन्य पर्दाथ भनेर परिभाषित गरेको छ । ऐनले सुर्तीजन्य पदार्थ मानेको गुट्खा सांसद शशांक कोइरालाले सार्वजनिक स्थलमा सेवन गरेका हुन् ।
हेनुहोस् ऐनको परिभाषा

कसैले सार्वजनिक स्थलमा धूम्रपान वा सर्ती सेवन गरेका निरीक्षकले एक सय रुपैयाँ जरिवाना गर्नु पर्नेछ भनेर ऐनमा सजायको व्यवस्थासमेत गरिएको छ ।

संसद भवन जस्तो सार्वजनिक स्थलमा गुट्खा खाने सांसद शशांक कोइरालालाई के सजाय हुन्छ सबैको चासोको विषय बनेको छ ।
कानुन बनाउने जिम्मेवारीमा पुगेकाले कानुनको खिल्ली उडाउँदा ‘सानालाई ऐन ठूलालाई चैन’ हुन्छ की कानुन सबैका लागि बराबर हुन्छ त्यो सार्वजनिक चासोको विषय बनेको हो ।कानुन कार्यान्वयन गर्ने निकायको हैसियत पनि यो घटनाले प्रस्ट पार्ने देखिन्छ ।
क्याटेगोरी : समाचार
				
				
				
				
				
				
				
				
            
            
            
            
            
            
तपाईको प्रतिक्रिया दिनुहोस