यी हुन् मेडिकल क्षेत्रबाट कांग्रेस राजनीतिमा ‘जम्प’ गर्ने


काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा मेडिकल क्षेत्रबाट पनि उल्लेख्य उपस्थिति रहेको छ ।

नेपाली कांग्रेसको मुख्य पद सभापति र महामन्त्री जस्तो मुख्य र निर्णायक पददेखि केन्द्रीय सदस्यमासमेत मेडिकल डाक्टरको उम्मेदवारी परेको हो ।

कांग्रेस सभापतिमा चिकित्सक पृष्ठभूमिका डा. शेखर कोइरालाको उम्मेदवारी परेको छ । उनकै प्यानलबाट महामन्त्रीमा पूर्व स्वास्थ्यमन्त्री गगनकुमार थापा महामान्त्रीमा उठेका छन् । त्यस्तै बिमलेन्द्र निधिको प्यानलबाट कांग्रेसको महामन्त्रीमा उम्मेदवारी दर्ता गराएका डा. राजाराम कार्की पनि मेडिकल क्षेत्र कै व्यक्ति हुन् ।

कांग्रेस महामन्त्रीसमेत भइसकेका नेत्र चिकित्सक डा. शशांक कोइरालाको केन्द्रीय सदस्यमा उम्मेदवारी परेको छ । नेपाल चिकित्सक संघको नेतृत्व गरिसकेका डा. अन्जनी कुमार झा र मुक्तिराम श्रेष्ठ पनि कांग्रेसको केन्द्रीय सदस्यमा उठेका छन् ।

डा. कोइरालाले खुलातर्फको केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका हुन् भने नेपाल चिकित्सक संघका पूूर्व अध्यक्ष डा. झाले मधेशी कोटा र संघका अर्का पूूर्व अध्यक्ष डा. श्रेेष्ठले जनजातीतर्फको केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका छन् । डा. श्रेष्ठ सरकारी सेवाबाट अलग भएर कांग्रेस राजनीतिमा सक्रिय हुन् ।

कांग्रेसको १४ औं महाधिवेशनमा चिकित्सा क्षेत्रबाट धेरैले उम्मेदवारी दर्ता गराएपनि यी पाँच चिकित्सकको उम्मेदवारीले भने विशेष चर्चा पाएको छ ।

 

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com