राप्तीकी उपकुलपति भण्डारीको अत्याचार, स्वास्थ्य मन्त्रालय लाचार


काठमाडौं । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, दाङकी उपकुलपति डा. संगिता भण्डारीले निरन्तर अत्याचार गर्दा पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय लाचार बनेको छ ।  अर्थिक अनियमितता र किर्तिमान कायम गरेकी भण्डारीलाई स्वास्थ्य मन्त्रालयले छुन सकेको छैन । उल्टै मन्त्रालयका अधिकारीहरु भण्डारीका अगाडि लाचार देखिन्छन् ।

स्वास्थ्य लाइभले उपकुलपति भण्डारीले गरेका अनियमितता, बद्मासी र घोटालाका फेहरिस्त सार्वजनिक गर्दा पनि जिम्मेवार निकाय लाचार बन्दै  आएका छन् ।

राप्तीको नयाँ उपकुलपति नियुक्तिका लागि स्वास्थ्य तथा जनसंख्यामन्त्री  विरोध खतिवडाको नेतृत्वमा सचिव डा. रोशन पोखरेल र नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डा. भगवान कोइराला रहने गरी सिफारिस (सर्च) समिति बनिसकेको छ ।

सर्च कमिटीले नयाँ उपकुलपति सिफारिस गर्न लागिसकेको अवस्थामा पनि राप्तीमा घर जान लागेकी उपकुलपति भण्डारीको मनपरी र अत्यचार जारी रहेको आरोप लागेको छ। मन्त्रालयको निर्णय/निर्देशन चुनौती दिँदै  कर्मचारी भर्ना गर्ने र खरिदमा उनी सक्रिय भएर लागिपरेको प्रतिष्ठानका अधिकारीहरुले स्वास्थ्य लाइभलाई सुनाए ।

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानलाई जस्तै राप्तीलाई पनि थप अर्थिक दायित्व सिर्जना हुने काम कारबाही नगर्न रोक लगाउने हो भने राप्तीमा अर्को अनियमितता हुने खतरा बढेको छ ।

सम्बन्धित समाचार :

राप्ती प्रतिष्ठानमा अक्सिजन जेनेरेटर प्लान्ट खरिद गर्दा ६४ लाख घोटाला

राप्ती प्रतिष्ठानकी उपकुलपति भण्डारीद्वारा ट्रान्सफर्मर खरिदमा पनि ३८ लाख घोटाला

जाँदाजाँदै उपकुलपति भण्डारीले स्पेकमा सेटिङ मिलाएर ११ करोडको एमआरआई किन्दै

राप्तीकी उपकुलपति भण्डारीद्वारा कौडीको भाउमा जग्गा भाडामा

भ्रष्टाचारमा मुछिएकी उपकुलपतिलाई चिकित्सक संघको सम्मान

 

राप्ती प्रतिष्ठानकी उपकुलपति भण्डारीमाथि अनियमितताका दर्जनौं आरोप

आरजुलाई दिज्यू भन्ने राप्तीकी उपकुलपति भण्डारीको आतंक

क्याटेगोरी : मेडिकल शिक्षा, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ